ताजा खबर News

साँझदेखि सबै उडान सामान्य

साँझदेखि सबै उडान सामान्य

असार - १७ । प्रतिकूल मौसमले दिउँसो केही समय प्रभावित बनेको मुलुकको उड्डयन क्षेत्र साँझदेखि पूर्ववत् अवस्थामा नियमित भइरहेको छ ।

Nepal-Airlines-A320-2015-b

मौसम खराबीसँगै मुलुकभर भारी वर्षाका कारण मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका अधिकांश विमानस्थलमा विमान आवतजावत गर्न सकेका थिएनन् । दिउँसो केहीबेर अन्तर्राष्ट्रिय उडान ‘होल्ड’ गरिनाका साथै केही विमान अन्यत्र मोडिएको (डाइभर्ट) थियो ।

मध्याह्न र दिउँसो केही समस्या रहे पनि अहिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य भएको विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले राससलाई जानकारी दिनुभयो । नेपाल एयरलाइन्स, एयर चाइना र एयर अरेबिया अन्यत्र मोडिएको र एयर चाइनाले उडान रद्द गरेको विमानस्थलले जनाएको छ । नेपाल एयरलाइन्स र एयर अरेबिया भारतको लखनउ अवतरण गरिएको थियो भने एयर चाइना ल्हासामा अवतरण गरेको थियो । त्यसैगरी आन्तरिक उडान पनि प्रभावित भएका थिए । पोखरा लगायत गन्तव्यको उडान रद्द भएको थियो । रासस

nepal airline nepal airport

विशेष