ताजा खबर News

नेपाल–भारत सम्बन्ध विकासको माध्यमबाट अघि बढ्छ : राजदुत रे

नेपाल–भारत सम्बन्ध विकासको माध्यमबाट अघि बढ्छ : राजदुत रे
असार – १७ । नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने स्पष्ट पारेका छन् । indian em 2 शुक्रबार धादिङ्गमा चामभन्ज्याँङ्ग खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदुत रेले भने, ‘नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेर पनि विर्गान सक्दैन् ।’ भारत सरकारको सहयोगमा निमार्ण हुने उक्त खानेपानी परियोजनाको लागत १ करोड ७८ लाख हुनेछ । उक्त परियोजनाबाट १ सय ५९ घरधुरीले प्रत्यक्ष लाभ लिनेछन् । शिल्यान्यास समारोहका सभापति स्थानीय विकास अधिकारी भगवान अर्यालको सभापतित्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत रेले नेपाल–भारत सम्बन्ध सामाजिक, साँस्कृति, धार्मिक सबै हिसावले ऐतिहासिक भएको टिप्पणी गरे । indian em राजदुत रेले नेपालमा महाविनाशकारी भुकम्प आउँदा पनि भारतले आफ्नै देशमा भुकम्प आएको महशुस गर्दै सहयोग गरेको स्मरण गर्दै दोस्तीमा कहिलेकाहीँ सम्बन्ध चिसिएपनि त्यसले झनै मित्रतालाई प्रगाढ बनाउने काम गर्ने दाबी गरे । उनले भारत सरकार नेपालको तिव्र विकासको लागि भौतिक पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्य लगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे । अविरल झरीका कारण सडक हिलाम्य बनेर सवारी आवतजावत ठप्प हुँदा समेत राजदूत रे एक घण्टाको उकालो पैदल हिँडेर कार्यक्रमस्थल पुगेका थिए ।

Dhading Ranjit Ray

विशेष