मनोरञ्जन News समाज

सिके राउतलाई भेटेपछि नायिका निशाको रहस्यमय गुप्तबास

सिके राउतलाई भेटेपछि नायिका निशाको रहस्यमय गुप्तबास

काठमाडाैं । पृथकतावादी गतिविधिमा लागेका सिके राउतलाई प्रिय दाजु भन्दै लेखेको पत्र बुझाएपछि नायिका निशा अधिकारी केही दिनलाई गुप्तवासमा लागेकी छिन् ।

उनले अबका केही दिन पोखारामा विपस्सनामा विताउने योजना बनाएकी छिन् । अविवाहित निशा क्रिकेटर शरद भेष्वाकरसंगका प्रेमविच्छेदपछि तनावमा रहेको बताइन्छ । मधेशयात्रापछि विपस्सना धाउनुलाई रहस्यमय मानिएको छ ।

विवादका कारण तनाव कम गर्न हो वा नियमित अभ्यास रु प्रष्ट भएको छैन । मधेशप्रति भएको भनिएको विभेदप्रति क्षमा याचना गर्दै सिके राउतलाई पत्र बुझाएपछि उनी विवादमा तानिएकी हुन् ।

सिंहदरबारमा रंग छ्यापेर चर्चामा आएका ईशान अधिकारी र चलचित्रकर्मी कर्मसंगै मधेशमा पुगेर सिके राउतलाई भावनात्मक पत्र बुझाएकी निशा पोखरा लागेकी हुन् ।

 

CK Raut Nisha Adhikari

विशेष