ताजा खबर News समाज

पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय भन्छन्ः लोकमान र गोविन्द केसी दुबै गलत

पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय भन्छन्ः लोकमान र गोविन्द केसी दुबै गलत
असार - १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अख्तियारले लेटरप्याडमै गोविन्द केसीलाई मानसिक रोगीको संज्ञा दिनु अप्रिय घटना भएको बताएका छन् । उनले अख्तियारले गोविन्द केसीका बारेमा जारी गरेको विज्ञप्ती गलत भएको स्पष्ट गरेका हुन् । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा नारायण पौडेलसंग कुरा गर्दै पूर्व प्रमुख आयुक्त उपाध्यायले अख्तियार आफ्ना अभिव्यक्तिमा सचेत हुनुपर्ने जनाएका छन् । अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित आमरण अनसनमा बस्न लागेका चिकित्सक गोविन्द केसीको शैलीपनि अप्रिय रहेको उपाध्यायको भनाइ छ । नेपाल भारत सम्बन्ध पुनरावोलकनका लागि गठित प्रबुद्ध समुहको सदस्य समेत रहेका उपाध्यायले भारत र नेपालबीचको सम्बन्ध सहज बन्दै गएको दाबी गरेका छन् । राजदुत दीपकुमार उपाध्यायलाई गरिएको फिर्ती स्वभाविक भएको उनको टिप्पणी छ । प्रबुद्ध समुहले कोशी, टनकपुर, महाकालीलगायतका सन्धी सम्झौतामा समेत पुर्नमूल्यांकन गर्नसक्ने उनले जानकारी दिएका छन् ।

र याे पनि 

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

Dr. Gobinda Kc surya natha upadya मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

विशेष