ताजा खबर News

कसैले टेरेन पर्खालको मापदण्ड, अकालमा २ ले ज्यान गुमाए, घाइते २४ मध्ये ४ गम्भीर

कसैले टेरेन पर्खालको मापदण्ड, अकालमा २ ले ज्यान गुमाए, घाइते २४ मध्ये ४ गम्भीर
असार - १८ । गत वर्षको भूकम्पपछि सरकारले ४ फिटभन्दा अग्लो पर्खाल बनाउन नदिन नगरपालिकाहरूलाई निर्देशन दिएको थियो । त्यसभन्दा माथि उठाउनुपरे ३ फिट जाली राख्नुपर्ने प्रावधान ल्यायो । त्यसको पालना नहुँदा सामान्य खालको झरीसमेत थेग्न नसक्ने र लड्ने संरचना बनिरहेका छन् ।] School-accident-Lalitpur-2 ‘भूकम्पपछि मन्त्रालयले भवन र अन्य संरचनाको मापदण्ड बनाएर देशभरका नगरपालिकाहरूमा परिपत्र गरेको थियो,’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका महाशाखाका सहसचिव गोपी खनालले भने, ‘अरू पूर्वाधारको मापदण्ड पालना भए पनि पर्खालको मामिलामा कसैले टेरेनन् ।’ पर्खालकै मापदण्डको हकमा भने मानिसहरूले सुरक्षाको कारण देखाई अग्लो संरचना बनाउने प्रवृत्ति व्याप्त छ । भूकम्पपछि कमसल खालका पर्खालका संरचना भत्किँदा धेरैको ज्यान गएको थियो । त्यसैलाई दृष्टिगत गरे पनि सुधार हुन नसकेको उनले बताए ।घरका पर्खालबाहेक प्लटिङ गरेका जग्गा, कतिपय ठाउँका रिटेनिङ वालको पनि गुणस्तरमा समस्या भएको उनले बताए । पर्खाल निर्माणका क्रममा कमसल सामानको प्रयोग हुँदा पनि समस्या भइरहेको छ । मानिसकाे सुरक्षाकाे कारण देखाइ अग्ला संरचना बनाउने प्रवृत्ति व्याप्त छ । कमजाेर संरचनाका कारण गोदावरी बाडेगाउँमा रहेको पुष्पाञ्जली माध्यमिक विद्यालयमा पर्खाल भत्किएर च्याप्दा दुर्इ विद्यार्थी कृपा रार्इ र अन्जना पुन मगर को मृत्यु भयाे। अन्य २४ जना घाइते भएका भए। घाइते मध्ये चार जनाकाे अवस्था गम्भीर रहेको अस्तपतालले बताएकाे छ । घाइते विद्यार्थीको पाटनस्थित वि एण्ड वि र मोडल अस्पतालमा उपचार भइरहेको छ। एक जनालाई सिटीस्क्यान गर्न सुमेरु अस्पताल पठाइएको छ । कान्तिपुर 

puspanjali school

विशेष