ताजा खबर News

२० हिमताल बिस्फोट हुनसक्ने इसिमोडकाे चेतावनी

२० हिमताल बिस्फोट हुनसक्ने इसिमोडकाे चेतावनी
असार -१८ । संसदीय समितिले विपत व्यवस्थापनमा पूर्वतयारीबारे सरकारसंग जानकारी लिने भएको छ । phoksundo सिंहदरबारमा बसेको संसदको राज्य व्यबस्था समितिले अर्को साता गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई बोलाएर विपत व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे जानकारी लिने निर्णय गरेको हो । सांसदहरुले सम्भावित जोखिम व्यवस्थापनमा सरकार इमान्दार नभएको आरोप लगाएपछि समितिले यस्तो निर्णय गरेको हो । बैठकमा प्राकृतिक बिपत्तिका बिषयमा तयार पारिएको प्रतिवेदनमाथि इसिमोडले बिफ्रिङ गरेको थियो । इसिमोडले नेपालमा कुल २ हजार ३ सय २३ हिमताल रहेको मध्ये २० वटा ताल बिस्फोट हुनसक्ने चेतावनी दिएको छ । प्रतिवेदनको अध्ययनपछि समितिका सदस्यहरुले विपत व्यवस्थापनमा सरकार गम्भिर नभएको भन्दै आपत्ति जनाएका थिए । लगातार बर्षा भइरहँदा मुलुक विपत्तिको नजिक पुगेको भन्दै सम्भावित ठूलो खतराबाट जोगिन सरकार गम्भीर हुनुपर्नेमा सांसदहरुले जोड दिए । केहि सासंदहरुले भने सरकार पुनर्निर्माणको बजेटलाई पीडितकहाँ पु¥याएर चाँडै आवास निर्माण गर्ने उदेश्यमा भन्दा अन्य कुरामै अल्झिएको आरोप लगाए ।

विशेष