विदेश

हतियारधारीद्वारा तिरना विमानस्थलबाट करोडौँ युरो लुट

हतियारधारीद्वारा तिरना विमानस्थलबाट करोडौँ युरो लुट
असार - १७ । तीन जना हतियारधारी लुटेराको समूहले अल्वानियाको व्यस्त तिरना विमानस्थलबाट करोडौँ युरो बोकिएको एक हतियारले सुसज्जित गाडीलाई लुटी लगेका अल्वानियाली दैनिक पत्रिकाले शुक्रबार जनाएको छ । lutera विमानस्थलको धावनमार्गमा उक्त गाडीबाट विमानमा पु¥याउने क्रममा उक्त नगद लुटिएको बताइएको छ । तिरनाबाट अस्ट्रियाको भियनाका लागि उड्न लागेको जहाजमा कुनै बैकिङ क्षेत्रमा काम गर्ने कम्पनीले नगद लग्न लागेको समाचारमा उल्लेख छ । नकावधारी लुटेराहरुले नगद कब्जामा लिएपछि त्यसलाई एक गाडीमा राखी तापिजाको पुल नजिक पु¥याएका थिए । त्यसपछि उनीहरूको सम्लग्नता रहेको प्रमाण नष्ट गर्न उक्त गाडीमा आगो लगाइएको थियो । आगोले जलेर नष्ट भएको गाडीमा अनुसन्धानका लागि उपयुक्त हुने कुनै सङ्केत नभेटिएको सुरक्षा अधिकारीले बताएका छन् । विमानस्थललाई लक्षित गरी आतङ्ककारी आक्रमण हुन थालेपछि विमानस्थलमा सुरक्षास्थिति मजबुत गरिएको भनिरहेका बेला विमानस्थलमा लुटेरासमूहले ठूलो धनराशी लुट्न सफल भएको छ । सिन्ह्वा

Albania Trina airport

विशेष