अपराध सुरक्षा News समाज

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

ललितपुरको गोदावरी टौखेल स्थित पुष्पाञ्जली सेकेण्डरी विद्यालयका २ विद्यार्थीको ज्यान लिएको तथा २४ विद्यार्थी घाइते बनाउने गरी भएको घटनामा दोषि ठानिएका व्यक्ति यिनै हुन् । गायकसमेत रहेका कर्मा घिसिङले सो विद्यालयभन्दा माथि रहेको खेतमा प्लटिङ गरेका थिए र अग्लो पर्खाल बनाएका थिए । सोही पर्खाल भत्किएर विद्यालयमा ठोक्किदा विद्यालयको पर्खालसमेत भत्किएको थियो । ३ र ८ कक्षाका विद्यार्थीलाई सो पर्खालले च्यापेको थियो । पर्खालमा च्यापिएर विद्यार्थीको मृत्युभएपछि जग्गा प्लटिङ गर्ने व्यक्तिको खोजि शुरु भएको हो ।

नेपालआजलाई विशेषसुत्रबाट प्राप्त जानकारीका अनुसार सो जग्गाको प्लटिङ गर्ने व्यक्ति कर्मा घिसिङ हुन् । ललितपुरको इमाडोल, धापाखेल, गोदावरीलगायतका क्षेत्रमा उनले जग्गाको कारोबार गर्दै आएका छन् । उनीमाथि यसअघि पनि एउटा जग्गा देखाएर अर्कै विक्री गरेको, जग्गाका लागि पैसा लिएर पनि जग्गा नदिएको आरोप लागेको थियो । उनले प्रहरी प्रशासनकै आड लिएर कमजोर व्यक्तिहरुलाई धम्काउने गर्दथे । प्रहरीले खोजि गरिरहेको कर्मा लामाको मोबाइल नम्बर र नेपाल आजलाई प्राप्त भएको कर्मा घिसिङको मोबाइल नम्बर उही हो । ललितपुर इमाडोलमा बस्दै आएका कर्माले जग्गा व्यापारमा फसाएका थुप्रै व्यक्तिहरु अहिलेपनि भौतारिरहेका छन् ।

उनले प्राय भिरालो जग्गामा कारोबार गर्ने गरेको बताइन्छ । भिरालो जग्गा सस्तोमा लिने र पर्खाल लगाएर माटो भरेर महङ्गोमा बेच्ने उनको पूरानै आदत हो । त्यसै याेजना अनुसार धापाखेलको नागदह आसपासको भिरालो जग्गामा उनले प्लटिङ गरेका थिए । प्रशासनलाई हातमा लिएर यिनले नागदहको क्षेत्रभित्र पर्ने जग्गासमेत अतिक्रमण गरेको बताइन्छ । कर्माले पहिलेदेखि चलाउंदै आएको मोबाइल नम्बर शुक्रबारको घटनापछि अफ गरिएको छ । उनीसंग गुण्डाहरुको एउटा समूह नै रहेको यसअघि पीडित भइसकेका व्यक्तिले जानकारी दिएका छन् ।

प्लटिङको लापरबाहीका कारणले विद्यार्थीहरू हताहत भएको विद्यालयले जनाएको छ । विद्यालयकी प्रिन्सिपल पुहमी कान्ति बज्राचार्य लेप्चाले सो पर्खाल नलगाउन प्लटिङका ठेकेदार कर्मा लामालाई पटक पटक आग्रह गर्दा पनि जबरजस्ती लगाएको बताइन् । सो ठांउमा प्लटिङ गर्न स्वीकृति समेत नलिएको खुल्न आएको छ । काठमाडौ उपत्यका नगर विकास प्राधिकरण आयुक्तको कार्यालय ललितपुरका प्रमुख नारायण प्रसाद भण्डारीले जग्गा प्लटिङका लागि कार्यालयबाट स्वीकृति नलिएको जानकारी दिए । 

मपदण्ड एकातिर, जग्गा दलाल अर्कैतिर भूकम्प जांदा पर्खाल भत्किएर कैयौंको मृत्यु भएपछि पर्खाल निर्माणका सम्बन्धमा कडाइ गर्न सरकारले स्थानिय निकायलाई निर्देशन दिएको थियो । ४ फिटभन्दा अग्लो पर्खाल बनाउन नहुंने, सो भन्दा अग्लो पर्खाल उठाउन परे माथिल्लो ३ फिट जाली राख्नुपर्ने प्रावधान ल्याइयो । तर, यसको कार्यान्वयन भइरहेको छैन । २ विद्यार्थीको ज्यान लिने तथा दुई दर्जन विद्यार्थी घाइते बनाउने गरी भत्किएको पर्खाल निकै अग्लो थियो । जग्गा दलालले गुण्डाहरुको आडमा मनपरी गर्दैआएको पीडित परिवारको आरोप छ । जग्गा किन्ने मान्छेलाई झुक्याउनका लागि मात्रै पर्खाल बनाइने गर्दछ ।

अग्लो पर्खाल पक्का गरी बनाउंदा धेरै खर्च लाग्ने गर्दछ । हल्काफुल्का प्रकारले पर्खाल बनाउने र माटो अड्याउने गरिन्छ । जग्गा विक्री भइसकेपछि पर्खाल भत्किहाले जग्गा किन्ने मान्छेको थाप्लोमा भार पर्छ । टौखेलमा पनि भएको त्यहीं देखिन्छ । विहीबार रातिदेखि परेको लगातारको बर्षाका कारण कमजोर पर्खाल गल्र्यामगुर्लुम ढलेको थियो ।

Karma Ghising Singer Lalitipur nepalaaja Nepali Singer puspanjali school

विशेष