मनोरञ्जन News समाज

मन्त्री पतिको खुलाशा ..रेखालाई ब्लेडले जेलमा चिरियो

मन्त्री पतिको खुलाशा ..रेखालाई ब्लेडले जेलमा चिरियो

हाम्रो विवाह २०५१ सालमा भएको हो । ४४ सालतिर हाम्रो चिनजान भएको थियो । अनेरास्वबियुको १० औ राष्ट्रिय सम्मेलनमा उहाँ भर्खर एसएलसी दिएर दाङबाट प्रतिनिधि भएर आउनुभएको थियो ।

 

२०५० सालमा पार्टीको काममा खटिएँ । त्यसक्रममा उहाँसगं भेट हुन्थ्यो । राम्रो लाग्नु भयो । त्यतीबेला मेरो दिमागले भ्यायसम्म जीवनसाथी बन्नका लागि के–के कुरामा फिट हुनुपर्छ भनेर उहाँलाई सबै कोणबाट नापे । मैले रेखाजीलाई एकतर्फी मन पराएर हितमानजीसंग भनेको थिए । रेखाजीले त मलाई घरबार भएको ठान्नु भएछ । म अवीवाहित भन्ने थाहापाएपछि हुन्छ भन्नुभएन तर नाई नी भन्नुभएन । पछि पार्टीको काम गर्ने क्रममा हामी नजिक भयौ । बिहेपछि हामीसंगै बस्यौ, एक वर्षजती उहाँ प्युठान बस्नु भयो । त्यसपछि काठमाण्डौ आउनुभयो । जनयुद्धको क्रममा हाम्रो कार्यक्षेत्र काठमाण्डौमै भयो । सगैं बस्ने वाताबरण बन्यो । पक्राउपर्नुभन्दा अगाडिका केही दिन हामी सुरक्षाका दृष्टिले हामी छुट्टै बस्यौ । २०५८ सालको चैत ३१ गते हामी संगै पक्राउ पर्यौ । त्यसपछि पाटनमा बस्थ्यौ । तर हामी सुरक्षाको खतरा हुने बित्तिकै सथ्र्यौ । जेलमा यातना धेरै पाईयो ।

 

बेहोस भएर होसमा आउदा फेरि कुट्न सुरु गरिहाल्थे । प्राण त कतिपल्टे उड्यो उड्यो । सिनेमामा देखाउछ नी सुन्दर तोरीबारीका दृश्य । होसमा आउदा बाचिन्छ की भनेर मेरो आखाँ वरिपरि त्यस्तै दृश्य नाच्थाे । कुटाईबाट हातखुट भाचियो । अहिले पनि रड राखेको छ । कम्मरको हड्डी फ्याक्चर गरियो । आखाँ नै फुटाईदियो । रेखाजीको त झन गर्दन, ढाड र पाखुरामा ब्लेडले चिरा नै पारिदियो । मेरुदण्डको हड्डी कुच्च्याईयो । उहाँको हिपका दुबै मसल्समा अझै पनि गिर्खा छन् । एकपल्ट मलाई मर्याे भनेर बाहिर फ्याकेका रहेछन । मलाई होस आएको देखेर सेनाको जवान यती खुसी भयो की सर यसलाई होस आयो भनेर चिच्यायो ।

 

मानसिक यातना झन धेरै हुन्थ्यो । अरुलाई यातना दिएको देख्दा र सुन्दा मात्रै होसहवास उड्थ्यो । सिनेमा  सिनेमा त्यति धेरै रुचि छैन । मलाई चाहीँ पहिला हेर्न मन लाग्थ्यो त्यसैले उहाँमा पनि चासो वढ्यो । उहाँले राजनीति, सामाजिक कथावस्तु भएका, बजारमा चर्चा कमाएका सिनेमा, वृत्तचित्र हेर्न हेर्न रुचाउनुहुन्छ । त्यस्ता सिनेमाको डिभिडि ल्याएर परिवारसहित हछौँ पनि । पछिल्लो पटक हिन्दी चलचित्र बजरंगी भाइजान र पिके हेर्यौँ । उहिले बुढाबुढी मिलेर वसन्ती, बलिदान हेर्यौँ । जेलबाट छुटेपछि हामी भारत गएका थियौँ त्यतिबेला भुन्नाभाइ एमबिबिए हेर्यौँ । नयाँपत्रिका सामान्य प्रशाशनमन्त्री रेखा शर्माको पति कृष्णध्वज खड्कासंग गरिएको कुराकानीमा आधारित

Krishan dhoj khadka Rekha Sharma Samanya Prasasan mantri

विशेष