ताजा खबर News

अत्याधुनिक सुविधासम्पन्न ‘काठमाडौँ भ्युटावर’को निर्माण सुरु

अत्याधुनिक सुविधासम्पन्न ‘काठमाडौँ भ्युटावर’को निर्माण सुरु
असार - १८ । काठमाडौँको पुरानो बसपार्कमा बन्न लागेको अत्याधुनिक सुविधासम्पन्न ‘काठमाडौँ भ्युटावर’को निर्माण सुरु भएको छ । भूकम्प, नाकाबन्दी र पछिल्लो समयमा अत्याधुनिक निर्माण उपकरण अभावको कारण देखाउँदै रोकिएको उक्त कार्य भारतबाट निर्माण उपकरण ल्याएसँगै सुरु भएको हो । kathmandu_view_tower_Old_buspark_882824264टावर निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोइ कम्पनीले निर्माणका लागि जग खन्ने कार्य प्रारम्भ गरेको छ । गत कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले एक समारोहबीच टावरको शिलान्यास गर्नुभएको थियो । टावर निर्माणका लागि दुई महिनाअघि नै पुरानो बसपार्कमा पार्किङ गर्ने सार्वजानिक सवारी खुलामञ्चमा सारिएको थियो तर भारतबाट समयमै उपकरण नआएपछि काम अघि बढ्न सकेको थिएन । नाफामूलकभन्दा सेवामूलक कार्यका लागि निर्माण गरिने बहुउद्देश्यीय टावरमा मनोरञ्जन हल, बैङ्क तथा वित्तीय कारोबार गर्ने स्थान, स्वास्थ्य सेवाप्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुने जानकारी गराइएको छ ।  महानगरपालिकाका अनुसार सार्वजनिक निजी साझेदारीका विभिन्न ढाँचामध्ये संरचना निर्माण, सञ्चालन र त्यसपछि हस्तान्तरण गर्ने विधिमार्फत ३० वर्ष टावर निर्माण पक्षले सञ्चालन गरेर महानगरलाई हस्तान्तरण गर्नेछ । यस अवधिमा जग्गाको भाडाबापत निर्माण पक्षले महानगरलाई वार्षिक ७० लाख रुपियाँ र टावर सञ्चालनबापत वार्षिक १ करोड ७५ लाख रुपियाँ राजस्व तिर्नेछ । जग्गाको भाडा सञ्चालन अवधिभर एउटै रहनेछ भने टावरको राजस्व प्रत्येक वर्ष साढे तीन प्रतिशतका दरले वृद्धि हुनेछ ।  टावरबाट उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने हुँदा आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बन्नुका साथै उपत्यकाको सौन्दर्यसमेत बढाउने दाबी महानगरपालिकाको छ । गाेरखापत्र 

Kathmandu view tower

विशेष