ताजा खबर News

यातायात व्यवसायीको मिचाहा प्रवृती

यातायात व्यवसायीको मिचाहा प्रवृती
यातायात व्यवसायीले अहिलेसम्म ६ महिना अगाडि सरकारले घटाएको भाडा कार्यान्वयन गरेका छैनन् । भाडादर कार्यान्वयन गर्ने जिम्मेवार निकायको व्यवास्ता र व्यवसायीको मिचाहा व्यवहारले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रु मारमा परेका छन् । gadhi bhadaयातायात व्यवस्था विभागले गएको माघ २४ गतेदेखि लागू हुने गरी सरकारले उपत्यकाभित्र विद्यार्थी÷अपाङ्गता भएका व्यक्ति÷ज्येष्ठ नागरिक जस्ता सहुलियत कार्ड हुने बाहेकका यात्रुका लागि भाडा निर्धारण गरेको थियो । न्यूनतम वा चार किलोमिटरसम्मको भाडादर १३ रुपियाँ र अधिकतम २४ रुपियाँ तोकेको थियो । यो भाडादर चक्रपथभित्र र बाहिरको चार किलोमिटरसम्म लागू हुने बताएको थियो । तर, अहिलेसम्म सवारी साधनमा चढ्यो कि पूरा भाडा न्यूनतम १५ र बढीमा ३० रुपियाँ र कार्ड भएकासँग १० देखि १५ रुपियाँसम्म असुल्ने गरिएको छ । उपत्यकाका सार्वजनिक गाडीमा यात्रा गर्ने यात्रुलाई प्रत्येकपटक यात्रा गर्दा दुई रुपियाँदेखि छ रुपियाँ बढी तिर्नुपर्ने बाध्यता नै छ । १७÷१८ रुपियाँ भाडादर कायम गरिएको ठाउँमा सहचालकले २० रुपियाँ र २४ रुपियाँ तोकिएको ठाउँमा ३० रुपियाँ लिने गरेको पाइएको छ ।

Gadhi Bhada kathmandu

विशेष