ताजा खबर News समाज

पहिरोको पीडा

पहिरोको पीडा
असार - १८ । दुई दिनदेखि अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट दार्चुलामा अहिलेसम्म दुई जनाको पहिरोमा परी मृत्यु भएको छ । सात घरपरिवार विस्थापित भएका छन् । एक जना घाईते भएका भए । Drachulaपहिरोमा परी भागिरथी देवी महरा बेपत्ता भएको दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइँकेलले जानकारी दिए । उद्धार कार्यमा सुरक्षाकर्मी सक्रिय रुपमा लगारिहेको छ । उनले विभिन्न स्थानका सात घरपरिवार पूर्णरुपमा विस्थापित भएको बताए । विस्थापितको लागि राहत सामग्री रेडक्रसले जिल्ला उद्योगसगं समन्वय गरेर बितरण गरिसकेको छ । त्यसैगरी बिहीबारदेखि पहिरोका कारण अवरुद्ध रहेको बैतडी–दार्चुला सडकखण्डको अवरोध हटाएपछि अहिले यातायात सहज रुपमा संचालन भएको छ । पहिरोको विस्थापित र जोखिम रहेका बस्तीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । पहिरोकै कारण दार्चुलाको जौैलजीवी प्रहरीचौकी भवनसमेत क्षति पुगेको छ । चौकीमा कार्यरत प्रहरी तथा बन्दोबस्तीका सामान सुरक्षित स्थानमा सारिएको कुइँकेल बताए । उनका अनुसार दार्चुलाको शङ्करपुर, ग्वानी, भगवती, दत्तु, डाँडाकोट, सर्माेली, खरकडा, लाली, रिठाचौपाता, बोहरीगाउ, गोकुलेश्वरलगायतका गाविस पहिरोको चपेटामा परेको छ । मृतकका परिवारको सम्पूर्ण जानकारी हालसम्म आईसकेको छैन ।

Darchula

विशेष