ताजा खबर News

स्कुले विद्यार्थीलाई वित्तिय ज्ञान

स्कुले विद्यार्थीलाई वित्तिय ज्ञान
NRB असार – १८ । ललितपुरको वडिखेलस्थित श्री पथ प्रदर्शक विद्यालयमा नेपाल राष्ट्र बैंकको आयोजना र फाउण्डेसन अफ रुरल अर्बन नेपाल (फर नेपाल) नामक गैर सरकारी संस्थाको सहआयोजनामा ‘विद्यार्थीसगँ नेपाल राष्ट्र बैंक’ नामक कार्यक्रम सम्पन्न भयो । नेपाल अधिराज्य भर संचालन गरिने उक्त कार्यक्रम अन्तरगत सो विद्यायलमा वित्तिय सच्चार्थ र सचेतना कार्यक्रम गरिएको हो । NRB 1 सो कार्यक्रममा कक्षा ८,९ र १०का विद्यार्थीहरुलाई सहभागी गराईएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले विद्यार्थीहरुलाई पैसाको बचत गर्ने तरिका र माध्यमवारे खुलस्त पारे । सानै उमेरमा पैसाको बचत गरौँ र बैंकिङ कारेबारको विषयमा जानी राखौँ भन्ने मुख्य उद्देश्यका साथ कार्यक्रम संचालन गरिएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकको सूचनासम्बन्धी पुस्तक पनि वितरण गरिएको थियो । NRB 3 त्यसैगरि उक्त कार्यक्रममा अतिथीका रुपमा का.मु निर्देशक बिभु अर्याल, फर नेपालका उपाध्यक्ष सशिन श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक अन्जन कुमार आचार्य, अध्यक्ष गोकुल पहरी लगायत उपस्थित थिए ।

Badhikel Nepal Rasta Bank Supriya Shreshta

विशेष