सरकार परिवर्तनको हल्ला बाहिर मात्रै हो : मन्त्री पाण्डे
असार १८ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सरकार परिवर्तनको विषयमा बाहिर हल्ला चले जसरी भित्र कुनै कुरा नभएको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘सरकार परिवर्तनको विषयमा बाहिर जस्तो सत्तारुढ गठबन्धनमा कुनै चर्चा छैन । त्यस्तो हुने भएको भए पहिला सत्तारुढ गठबन्धनमै छलफल हुने थियो । त्यसैले यही सरकारले चुनाव गराउँछ, ढुक्क हुनुस् ।’
उनले प्रधानमन्त्री निर्वाचनमा मधेसी मोर्चाले मतदान गरेपछि यो संविधान सबैले स्विकारीसकेको स्पष्ट भएको भन्दै मोर्चाले थप केही माग गरेकोले मुलुकको हितमा हुने मागलाई सरकारले बार्ताबाट संबोधन गर्ने स्पष्ट पारे ।
मन्त्री पाण्डेले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनविच नै अन्यौल छ । कोसँग बार्ता गर्ने नगर्ने भन्नेमा । सरकार बार्ताबाट समाधान गर्न तयार छ तर मधेसलाई पहाडसँग जोड्नै हुन्न भन्ने विषयमा हामी सहमत छैनौ ।’
उनले आफूहरुले पहिला दुई किस्तामा भुकम्प पीडितलाई रकम दिउ भन्दा काग्रेसले नमानेर चार किस्ता बनाएकोले अहिले समस्या भए पनि आफूहरुलाई पछिल्लो सहमति अनुसार अघि बढाउन पुर्ननिर्माण प्राधिकरणलाई सबै खाले सुविधा दिएको स्पष्ट पार्दै स्थानीय निकायको पुर्नसंरचना साउन भित्रमै गर्ने गरी सरकारले आवश्यक जनशक्ति नियूक्तीको विषयमा पनि निर्णय गरिसकेको जानकारी दिए ।
Reporter Club
Som bahadur Pande