ताजा खबर News

पुष्पाञ्जली विद्यालय घटनाको छानबिन गर्न क्रान्तिकारीको ज्ञापनपत्र

पुष्पाञ्जली विद्यालय घटनाको छानबिन गर्न क्रान्तिकारीको ज्ञापनपत्र
असार – १८ । दोषीलाई कारबाही र मृत्यु भएका आफन्तलाई उचित छतिपुर्तीको माग सहित क्रान्तिकारी विद्यार्थी संगठनले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । Ramesh malla ललितपुरको पुष्पाञ्जली घटनाकाे विषयलाई लिएर क्रान्तिकारी विद्यार्थी संगठनले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेको हो । ‘घटनामा दोषी रहेकालाई कानुनको दायरामा ल्याइ कडा कारबाही गर्नु पर्नेप्रति गृहमन्त्रीलाई ध्यानाकर्षण हामीले ज्ञापन पत्र बुझाएका हौँ’ क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष रमेश मल्ल भने, ‘घाइतेको उच्च शिक्षामासम्म निःशूल्क र पढाइपछिको रोजगारीको ग्यारेन्टी हुनु पर्दछ ।’ संगठनले देशभरका विद्यालयको संरचनालाई सरकारले अनुगमन गर्नु पर्ने मापदण्ड अनुसारको संरचना निमार्ण गर्नुु पर्ने सहितको ज्ञापनपत्र गृहमन्त्रीलाई बुझाएको मल्लले बताए । घटनाको विषयमा सुक्षम अध्ययन गरी दोषीलाई कारबाही गर्ने गृहमन्त्री बस्नेतले बताएका छन् । शुक्रबार ललितपुरको पुष्पाञ्जली विद्यालयकाे पर्खाल भत्किदा २ विद्यार्थीको ज्यान गएकोे थियो । उक्त घटनामा २३ जना घाइते भएका थिए । घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

र याे पनि 

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

puspanjali school Ramesh malla Shakti basnet

विशेष