ताजा खबर Technology News समाज

यसकारण पुल्चोक क्याम्पसमा चलिरहेको प्रविधि मेला महत्वपूर्ण

यसकारण पुल्चोक क्याम्पसमा चलिरहेको प्रविधि मेला महत्वपूर्ण
रश्ना मानन्धर, मिडिया संयोजक, लोकश पुल्चोक इन्जिनियरिङ संस्थान अन्र्तगतका इलोक्ट्रोन्किस, कम्पुटर र इलेक्ट्रिकल समुहका विद्यार्थीहरुको समुह लोकसको आयोजनामा प्रविधि मेला भइरहेको छ । यसमा खेल तथा मनोरञ्जन, उद्योग तथा स्वचालन, उर्जा तथा समाज र खुला सृजना विधा अन्र्तगत विद्यार्थीहरुले सफ्टवेयर, हार्डवेयर र इलेक्ट्रिकल प्रोजेक्ट राखिएको छ । tech fest यो मेला तीन दिनका लागि हो । शुक्रबार शुरु भयो । आइतबार सकिनेछ । शुक्रबार लगभग १ हजार जतिले अवलोकन गरे । शनिबार अपरान्हसम्मको रजिस्ट्रेसन मा हेर्दा २ हजार जनाले अवलोकन गरिसकेका छन् । यहाँ १०० वटा भन्दा बढी स्टलहरु रहेका छन् । स्पोन्सरहरुको २० वटा स्टलहरु मात्रै हो अरु ७० भन्दा बढी विद्यार्थीहरुकै परियोजनाको स्टल हो । इन्जिनियरिङ क्याम्पस पुल्चोक, आईओअीडब्लुओआरसी पोखरा , त्रिवि अन्र्तगतको कान्तिपुर इन्जिनियरिङ कलेज,काठमाडौ इन्जिनियरिङ कलेज, एड्भान्स कलेज अफ इन्जिनियरिङ , सगरमाथा इन्जिनियरिङ कलेज छ ।यो हाम्रो १३ औं पटकको मेला हो । मेलाको प्रमुख उद्देश्य हामीले पढेको कुरा व्यबहारमा उतार्नु हो । अर्को भनेको हाम्रो सामाजिक उतरदायित्व पनि हो । जब स्कुल र प्लस टु पढेका विद्यार्थीहरु यहाँ घुम्न आउँछन् हामीले गरेको सानोभन्दा सानो प्रोजेक्ट देखेर उनीहरु धेरै नै खुसि हुन्छन । यो भनेको हामीले सिकेको कुरा अरुलाई सिकाउनु पनि हो । हामीले यो मेलालाई प्रतिष्प्रर्धाको रुपमा कहिलेपनि यसलाई लिएका छैनौं । मिलेर आफूले सिकेको कुरा अरुलाई सिकाउँछौं । दुबैको प्रोजेक्ट राम्रो होस भनेर । यो मेलालाई एकदमै भव्यहोस भनेर हामीले प्रि–इभेन्टहरु गर्दै आएका छौं । गतवर्षको भन्दा फरक फरक मेलाहरुको आयोजना गर्दै आईरहेका छौं । पोर्टफोलियो म्यानेजमेन्ट जस्तो कार्यक्रमहरु पनि ग¥यौं । पाइथन भन्ने ल्याङ्गवेज वर्कसप गरेका छौं । सकेसम्म चाहिँ यो पालिको लोकश पहिलाको भन्दा फरक होस भन्ने सोचेका छौँ । भुकम्प भन्दा पहिलेको र अहिलेको मेला एकदमै फरक छ । पहिला हाम्रो आदिभन्दा धेरै स्टलहरु भवनभित्रै हुन्थ्यो तर, अहिले भुकम्पले भवनमा क्षति पु¥याएकोले धेरै व्यक्तिलाई प्रवेशमा कठिनाइ छ । हाम्रो हल प्रयोग गर्न नमिल्ने भएकाले स्टललाई बाटोमा राख्न परिराछ । एकदमै समस्या छ । उद्घाटन र समापन समारोहको लागि एकदमै समस्या छ । भवन प्रयोग गर्न नमिलेको भुकम्पले गर्दा नै हो । (हरि योन्जनसंगको कुराकानीमा आधारित)

विशेष