ताजा खबर विचित्र विश्व News समाज

बाढी आएको बेला धोबिखोलाको बीचमा दुई बालक फसेपछि……भिडियाे सहित

बाढी आएको बेला धोबिखोलाको बीचमा दुई बालक फसेपछि……भिडियाे सहित
kesbhab काठमाडाैँ १८ अषाढ शनिबार काठमाडौंको रातोपूल वरपर बाक्लै घुईंचो लाग्यो । हल्लिखल्लिपनि चर्कै थियो । लाग्थ्यो चलचित्रको सुटिङ भइरहेको थियो । खाशमा दुई बालक धोबीखोलाको बीचमा फसेका थिए । खोलामा पानी बढ्दो थियो । फोहोर पानीमा जाने र बालकको उद्धार गर्ने हिम्मत कसैले गरेन । पत्रकार केशब भुलले फेसबुक स्टाटसमा भिडियोसहित लेखेका छन्,‘संयोगले त्यहां पुगेको थिए । प्रहरीलाई बोलाएर उद्धार गर्ने मौका मिल्यो ।’ प्रहरीको टोली तत्काल घटनास्थल पुग्यो र बालकको उद्धार गर्यो । उद्धार गरिएका बालबालिकाले त्यहां उपस्थित सबैलाई चकित पारिदिए । उद्धार गरिएलगत्तै उनीहरु सुईकुच्चा ठोके । को थिए, कसरी खोलामा फसेभन्ने कसैले पत्तै पाएन । यो घटना एउटा पाठ बनेको छ । आफ्ना छोराछोरीलाई पानी परेको बेलामा बाहिरफेर जान दिन हुंदैन । जोखिम मोल्ने स्वभावका उनीहरुले जेपनि गर्न सक्दछन् । बेलैमा प्रहरीलाई खबर नभएको भए ठूलै दुर्घटना हुने थियो । धन्न भएन । यस्ता घटना देखेमा सकेसम्म उद्धारमा जुटौं, नसकेपनि प्रहरीलाई फोन गरौं । प्रहरीको आकस्मिक सेवा १०० वा १०३ मा फोन गर्दा पैसा लाग्दैन । हेर्नुस भिडियाे प्रस्तुतिः हरि योन्जन

Ba

विशेष