खेल ताजा खबर News

इटाली युरोकपबाट बाहिरियो जर्मनी सेमिफाइनलमा

इटाली युरोकपबाट बाहिरियो जर्मनी सेमिफाइनलमा

Garmany असार १९ विश्व विजेता जर्मनी युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । जर्मनीले इटालीलाई टाइब्रेकरमा ६–५ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित र थप गरिएको समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

CmZLKo4WgAALn3G

जर्मनीले कुनै पनि मुख्य प्रतिस्पर्धामा इटालीलाई हराएको यो पहिलो पटक हो । यसअघि भएका ८ खेलमा जर्मनीले इटालीलाई हराउन सकेको थिएन । बोर्डोमा भएको खेलमा १८ वटा पेनाल्टी प्रहार भएकोमा दुवै तर्फबाट गरी सातवटा पेनाल्टीमा गोल हुन सकेन । इटालीका माटेओ डार्मिएनले पेनाल्टीमा गोल गर्न सकेनन् भने जर्मनीका योनास हेक्टरले विजयी पेनाल्टी गोल गरे । त्यसअघि इटालीका सिमोन जाजा, ग्रान्जिएनो पेले र लियोनार्डो बोनुकीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

CmZON-hWAAE4yLa

यस्तै जर्मनीका थोमस मुलर, मेसुट ओजिल र बास्टिएन स्वान्सटाइगरले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । दुर्वै तर्फबाट पाँच पाँच गोल भएको अवस्थमा एक एक पेनाल्टी प्रहार गर्न बाँकी थियो । टाइब्रेकरको १७ औं पेनाल्टी प्रहार गर्न आएका जर्मनीका हेक्टरले गोल गरे । त्यसपछि १८ औं पेनाल्टीका लागि आएका इटालिका डार्मिएन गोल गर्नबाट चुकेपछि नतिजा जर्मनीको पक्षमा गयो । जर्मनीले अब सेमिफाइनलमा फ्रान्स वा आइसल्याण्डसँग खेल्नेछ ।

Uro Cup 2016

विशेष