खेल ताजा खबर News

टेनिसका हस्ती तेस्रो चरणबाट बाहिरिए पछि ....

टेनिसका हस्ती तेस्रो चरणबाट बाहिरिए पछि ....

असार १९ । विश्व नम्बर एक नोभाक जोकोविच विम्बल्डन टेनिसको तेस्रो चरणबाटै बाहिरिएका छन् । सर्वियाका जोकोविच २८ औं बरियताका अमेरिकी साम क्वरीसँग पराजित भएका हुन् । क्वरीले जोकोविचलाई ७–६, ६–१, ३–६ र ७–६ को सेटमा हराएका हुन् । सन् २०१५ मा फ्रेन्च ओपनको फाइनलमा पराजित भएपछि जोकोविच मुख्य प्रतिस्पर्धामा पराजित भएको यो पहिलो पटक हो ।

यसअघि लगातार दुई पटकका विजेता जोकोविचले यो पटक पनि उपाधि जित्दै ह्याट्रिक गर्ने अपेक्षा गरिएको थियो । तर त्यो पूरा हुन सकेन । यस्तै बेलायती एण्डी मुर्रे भने चौथो चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलियाका जोन मिलम्यानलाई ६–३, ७–५ र ६–२ को सेटमा हराएर मुर्रेले चौथो चरणमा स्थान बनाएका हुन् ।

Tenis

विशेष