ताजा खबर News स्वास्थ्य

गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन !

गर्भमै मृत बच्चा बोकेर बित्यो २१ दिन !

isi-400x269 असार १९ । बाजुरा साप्पटा ८ की ३२ वर्षीय मिठु नेपाली गत २९ जेठमा भर नजिकै जंगलमा दाउरा बोक्न गइन् । पेटमा नौ महिनाको गर्भ थियो, जंगलमै उनी लडिन् । परिवारका सदस्यले जसोतसो गरी बोकेर घर ल्याए । घरमा उनी निरन्तर बिरामी परेपछि सुत्केरी व्यथा ठानियो । बिरामी परेको दुई दिनपछि अर्थात ३१ जेठमा एक दिनको दूरीमा रहेको साप्तापा स्वास्थ्य चौकी र्पुयाइयो । स्वास्थ्यकर्मीले सुत्केरी व्यथा लागेको तर लडेका कारण बच्चालाई असर परेको हुन सक्ने बताए । आर्थिक अवस्था दयनीय भएका कारण जिल्ला अस्पतालसम्म र्पुयाएर सुत्केरी गराउने क्षमता उनका श्रीमान् पासवान नेपालीसँग भएन ।

त्यसपछि दुईै दिन मिठु घरमै व्यथा सहेर बस्न बाध्य भइन् । बेथाले च्याप्दै लगेपछि एक सातापछि मिठुलाई गाविस नजिकै सञ्चालित स्वास्थ्य शिबिरमा लगियो । त्यहाँ किचकित्सकले अल्ट्रासाउन्ड गरेपछि बच्चा पेटमै मरेको थाहा भयो । डाक्टरहरुले बच्च मरिसकेको र आमो समते ज्यान जोखिममा रेको औंल्याउँदै तत्काल उपचारका लागि सदरमुकाम मार्तडी लैजान सुझाव दिए । उनले जसोतसो ऋण गरेर २० हजार जम्मा गरे र जिल्ला अस्पताल लगे । त्यहाँ स्त्रीरोग विशेषज्ञ डा. राजन न्यौपानेले शल्यक्रिया गरेर बच्चा निकाले ।

राजधानी दैनिक

Baby nepal

विशेष