रासायनिक कच्चा पदार्थ उद्योगमा उच्च रोजगारी
असार १९ । उत्पादनमूलक उद्योगहरुमध्ये रासायनिक कच्चा पदार्थ उद्योगमा सबैभन्दा बढी रोजगारी सिर्जना हुने गरेको एक अध्ययनले देखाएको छ । यस्ता उद्योगले उत्पादनमूलक क्षेत्रमा उपलब्ध रोजगारीमध्ये ३३ प्रतिशत ओगटेको अध्ययनमा उल्लेख छ । रोष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको चयन गरिएका उत्पादनमूलक उद्योगहरुमा प्राविधकि क्ष्मता प्रगति विषयका अध्ययनअनुसार यो क्षेत्रमा अझै रोजगारी सम्भावना छ ।
अध्ययनमा यस्ता उद्योगलाई फलाम र इस्पातको वृद्धिसँगै जोडेर हेरिएको छ । गुणस्तरमा सुधार, नियन्त्रित उत्पादनमूलक प्रक्रिया र मर्मत खर्चमा आएको कमी जस्ता कारणहरुले यो क्षेत्रको सम्भावना अझ बढेको अध्धयनमा उल्लेख छ । कारोबार दैनिक
Rojgar