बन्दै गरेको पुल बाढीले बगायो
असार १९ । कालीगण्डकी नदीमा आएको बाढीले खर्सानघाटमा निर्माण भइरहेको पुल बगाएको छ । नवलपरासी र तनहुँ जोड्ने उक्त पुल आर्थिक बर्ष ०६७-०६८ मा निर्माण थालिएको थियो । तीन दिन देखि लगातार परेको पानीले नदीमा वाढी आएको र त्यही वाढीले पुल बगाएको हो । रसुवा हिमदुुङ निर्माण कम्पनी एण्ड ठोकर कन्सल्टेन्सी जे.भी. प्रा.लि.ले १६ करोड रुपैयामा पुलको निर्माणको जिम्मा लिएको थियो ।
तीन बर्षमा निर्माण सक्ने गरी पुलको काम भएपनि निर्माण कम्पनीले समयमा काम नभ्याएकाले एक बर्षको म्पाद थप गरी २०७३ असार मसान्त सम्ममा सक्नुपर्ने समय सिमा रहेको मा आधा पनि काम नहुंदै पुलद बगाएको छ । गुणस्तरीय पुल नबन्दा समान्य पानीमै पुल बगाएको स्थानियको आरोप छ ।
Pull Bagayo