खेल News

मेसीको सन्यासले रोनाल्डो निराश

मेसीको सन्यासले रोनाल्डो निराश

Copa America Centenario Argentina Chile Soccer ब्राजिलीयन फुटबल लिजेन्ड रोनाल्डोले अर्जे्न्टिनाका कप्तान लियोनल मेसीले अन्तराष्ट्रिय फुटबलबाट बिदा लिने निर्णयले आफूलाई निराश बनाएको बताएका छन् । चिनीया संमाचार एजेन्सी सिन्ह्वासँग कुरा गर्दै उनले मेसीले संन्यास लिनु नितान्त व्यक्तिगत विचार भएको र उनको यो निर्णयको सवैले सम्मान गर्नु पर्ने बताए । उनले मेसीले अन्तर्राष्ट्रिय फुटबल जीवन टुङयाउँदा आफू दुखी भएको र मेसीले आफ्नो निर्णयमा पुर्नविचार गर्नमा आफू आशावादी रहेको बताए । बार्सिलोनाका स्ट्राइकरसमेत रहेका २९ वर्षीय मेसीले गत सोमबार अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा चिलीसँग ट्राइब्रेकरमा ४—२ गोलले पराजित भएपछि अन्तराष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका थिए । उक्त खेलमा उनले ट्राइब्रेकरको पहिलो प्रहार बाहिर हान्न पुगेका थिए ।

मेसीले संन्यासको निर्णयमा पुर्नविचार गर्नुपर्ने दबाब बढ्दै गएको छ । अर्जे्न्टिनाका राष्ट्रपति र फुटबलर लिजेन्ट डिएगो म्यारोडोनाले पनि उनको सन्यासकोे बारेमा धेरै नै टिप्पणी गरिरहेका छन ।रसियामा सन् २०१८ मा हुने विश्वकपको दक्षिण अमेरिकी राष्ट्रबीचको छनोट प्रतियोगितामा अर्जे्न्टिना कमजोर अवस्थामा रहेको छ। मेसीले राष्ट्रबाट नखेल्ने भएपछि अर्जे्न्टिना विश्वकपमा नै छनोट नहुने डर त्यहाँका फुटबल समर्थकहरुमा रहेको संचारमाध्यमले उल्लेख गरेका छन् ।

Messi Ronaldo

विशेष