ताजा खबर News

आजबाट पासपोर्टका लागि लाइन बस्नु नपर्ने

आजबाट पासपोर्टका लागि लाइन बस्नु नपर्ने

1 काठमाडौं असार १९ । सरकारले द्रूतगतिबाट राहदानी वितरण सुरु गरेको छ। आइतबार उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले द्रूतगतिबाट राहदानी वितरणको सुरुवात गरेका हुन्।  राहदानी विभाग नाराहणहिटीमा उपप्रधानमन्त्री थापाले दाङकी चन्द्रकली बुढाथोकीलाई राहदानी वितरण गर्दै द्रूतगतिबाट राहदानी वितरण सुरु गरेका हुन्।  १५ हजार तिर्नेलाई एकै दिनमा, १२ हजार तिर्नेलाई भोलिपल्ट र १० हजार तिर्नेलाई पर्सीपल्ट राहदान दिने व्यवस्था गरेको हो । सरकारले जिल्लाबाट पनि दोब्बस दस्तुर तिर्नेलाई २४ घण्टाभित्र राहदानी उपलबध गराउने व्यवस्था मिलाएको छ । यसबाहेक  सरकारले अमेरिकाको न्युर्योक र वासिंटन डिसी, संयुक्त अधिराज्य, हङकङ, मलेसियाको क्वालालम्पुर, कतार, साउदी अबरको रियाद र जेद्दाबाट द्रूतगतिबाट राहदानी उपलब्ध गराउने जनाएको छ ।

kamal Thapa

विशेष