होटलमा वाइन सर्भदेखि नर्भिकको प्रशासन प्रमुखसम्म
(अनिल मल्लिकको जन्मभुमी भारत हो । कर्मभुमी नेपाल बन्यो । सानैमा आमा गुमाएका अनिल संर्घषको भट्टिमा दरिए । उनी आफ्नो जीबनलाई इसिजीजस्तै उतारचढावपूर्ण ठान्छन् । इसिजी सिंधा भएको दिन मान्छे मरेको हुन्छ । अनिल भन्छन्–जिन्दगी सरल रेखामा बग्नु भनेको मरेतुल्य हुनु हो । उतारचढावको आधींवेहरीसंग जुध्दै होटेल व्यवश्थापनको भुमिकाबाट अस्पतालको प्रशासक हुन पुगेका अनिलले कञ्चन न्यौपानेसंग महत्वपूर्ण सवालजवाफ गरेका छन् । )
तपाईको बाल्यकाल कहाँ र कसरी बित्यो ?
म इन्डियामा जन्मेको हुँ । मेरो बुबा इन्डियन आर्मीमा हुनुहुन्थ्यो । उहाँ एउटा राज्यबाट अर्को राज्यमा सरुवा भइराख्ने भएकाले मैले इन्डियाको लगभग सबै ठाउँ घुम्ने मौका पाएँ । म सानै हुँदा देखि नै हस्पिटालिटी क्षेत्रमा इन्छुक थिएँ । त्यहि अनुसार हस्पिटालिटी नै मेरो लागि सबभन्दा राम्रो र उचित क्षेत्र बन्यो । मैले होटेल इन्डस्ट्रिमा १६ वर्ष जति काम गरेँ । म सानैदेखि सिर्जनात्मक थिएँ । मलाई नयाँ नयाँ सिर्जनामा रमाउन मन लाग्थ्यो । सिर्जनात्मक भएकै कारण आज म नेपालमा छु किनभने नेपाल एकदमै सुन्दर देश हो ।
[embed]https://youtu.be/RGF-RmDZ7PY[/embed]
जीवनमा तपाईको लक्ष्य के थियो ?
मेरो जीवनमा लक्ष्य भनेकै अरुको लागि राम्रो काम गर्ने र राम्रो ‘होस्ट’ बन्ने थियो । हस्पिटालिटी क्षेत्रमा पनि हामी राम्रो होस्ट बन्न सक्नुपर्छ । बच्चैदेखि मैले मेरो आमाले घरमा आएका पाहुनाको धेरै राम्रो सत्कार गरेको देखेको छु । घरमा आएका पाहुनाहरुको उहाँ धेरै राम्रो ख्याल राख्नुहुन्थ्यो । आमाको त्यो बानीले मलाई धेरै कुरा सिकायो । उहाँले अकालमै यो संसार छोड्नुभयो । वास्तावमा मेरो आमा नै मेरो रोल मोडल हुनुहुन्छ । उहाँ नै एक व्यक्तित्व हुनुहुन्थ्यो जसले मलाई यो क्षेत्रमा आउन प्रेरणा दिनुभयो । त्यसैगरि यस क्षेत्रमा काम गदै जाने क्रममा मलाई पाँच तारे होटलको व्यवस्थापक हुने इच्छा जाग्यो । अहिले आएर होटल मात्र हस्पिटालिटीमा पर्दैन यसको अरु विधामा पनि काम गर्ने इच्छा जाग्यो । होटेलमा काम गरेको सोह्र वर्ष पछि हस्पिटलमा काम गर्न थालेको छु । हस्पिटलमा काम गर्न अलि गाह्रो छ किनभने यहाँ हामी विरामीलाई सेवा दिन्छौँ । होटलमा मान्छेहरु विदा मनाउँन या रमाईलो गर्न आउँछन् । होटलमा ‘सी यू सुन’ भनेर भन्छौँ भने हस्पिटलमा त्यो भन्दैनौँ । किनभने त्यहाँ हामी विरामीको सकुशल स्वास्थको कामना र अपेक्षा गर्छौँ ।
यहाँले होटल क्षेत्रमा आफ्नो करिअर सुरु गर्नुभएको थियो , नर्भिकमा कसरी आउँनुभयो ?
हस्पिटल पनि हस्पिटालिटी क्षेत्र भित्रै पर्छ । यहाँ काम अलि गाह्रो छ किनभने हस्पिटल विरामीहरुको लागि हो । हाम्रो लक्ष्य भनेको उनीहरुलाई समयमै ठीक गराउनु हो । होटल भनेको रमाईलो र विदाको लागि मात्र हो । यहाँ काम गर्न जति नै गाह्रो भएपनि जाने बेलामा विरामीहरुले हामीलाई भित्रबाट धन्यवाद भनेर जान्छन् । यो चाहिँ एकदम राम्रो पाटो हो । हस्पिटलमा पनि हामीसगँ किचेन हुन्छ, रुम सर्भिस हुन्छ, त्यसैले यो पनि एक किसिमले होटल जस्तै हो तर कामको हिसाबले हेर्दा यहाँ अलि चुनौतिपूर्ण छ ।
तपाईको ट्रेड यूनियनमा काम गर्दाको अनुभव कस्तो रह्यो ?
नेपालमा एक हिसावले हेर्दा ट्रेड यूनियन एकदम राम्रो हो तर कहिलेकाँहि यो म्यानेजमेन्ट फ्रेन्ड्ली छैन । एउटा व्यवश्थापन समितिले केहि काम बिगार्दा त्यहाँ त्यो व्यवस्थापनलाई निगरानीमा राख्ने कुनै निकाय हुनुपर्दछ । ट्रेड यूनियनले त्यो सबै कुरालाई निगरानीमा राख्ने गर्दछ र हामीलाई नराम्रो काम गर्नबाट टाढा राख्दछ । यो एकदमै राम्रो पक्ष हो । त्यस्तैगरि नराम्रो पक्ष के छ भने कहिलेकाहिँ यो एकदमै व्यवस्थापनको विरुद्ध गइदिन्छ । र्याडिसनमा भने भिन्ने माहोल थियो । त्यहाँ धेरै यूनियन थिए । यहाँ हामीसगँ एउटा मात्र यूनियन छ । समयसमयमा हामी भेट्छौँ र अनफ्नो विचार साट्ने गर्छौँ । यूनियनको लक्ष्य भनेको कुनैपनि कामदारलाई अनायस दुख भोग्न नदिनु हो । नर्भिकमा पनि हामी कुनै पनि कामदारलाई त्यस्तो प्रकारको दुख भोग्न दिदैँनौ र राम्रो ख्याल राख्छौँ ।
होटल र हस्पिटलमा काम गर्दा कस्ता फरक पाउनुभयो ?
होटलमा काम गर्दा एकदम आरामदायी जीवन हुन्छ । मान्छेहरु त्यहाँ रमाइलो गर्नका लागि आउँछन् । हस्पिटल भनेको मान्छेको जीवन र मृत्युको सवाल हो । यहाँ हामीले एकदम ध्यान दिएर सोच विचारले काम गनुपर्ने हुन्छ । सानो गल्तीले पनि ठूलै रुप लिन सक्छ । त्यसैले गल्ती नहुन दिनमा हामी लागि परिरहेका हुन्छौँ । विरामीलाई समयमा निको बनाउन पर्ने हुन्छ । त्यसैले यहाँको काम अलि चुनौतिपूर्ण छ । जति चुनौति छ उत्तिकै रमाइलो र आनन्ददायी पनि छ । मानिसहरु उपचारका लागि यहाँ आउँछन् र स्वास्थ लाभ भइसकेपछि उनीहरु हस्पिटलप्रति कृतज्ञता प्रकट गर्छन् । त्यो जस्तो आनन्ददायी क्षण अरु केहि हुदैँन ।
होटेलमा भन्दा हस्पिटलमा काम गर्न कत्तिको खतरनाक छ ?
मैले अघि पनि भने, हस्पिटल यस्तो सस्ंथा हो जसले एउटा व्यक्तिको जन्म र मरणको जिम्मेवारी लिएको हुन्छ । कुनै पनि समयमा गल्ति हुन सक्छ । कसैको जीवन र मरणको जिम्मेवारी वहन गर्नु भनेको सानो कुरा होइन । त्यसैले पाइला पाइलामा एकदमै ख्याल गरेर काम गर्नुपर्ने हुन्छ । जे होस गाह्रो नै छ ।
नर्भिक जस्तो हस्पिटलमा पनि क्वाक डक्टर भेटियो, के भन्नुहुन्छ यो विष्यमा ?
क्वाक डक्टर अहिलेको समयमा एकदमै बढि उठाइएको प्रसंग हो र एकदम ठूलो समस्या हो । यो हाम्रो समाजकै ठूलो समस्या बनेर आएको छ र हामी पनि यसको विरुद्ध छौँ । यस विषयमा मेडिकल काउन्न्सिल नै बढी जिम्मेवार छ किनभने कुन डक्टरले कहाँबाट कसरी एमबिबिएस गरेको छ भनेर हेर्ने काम मेडिकल काउन्सिलको हो । नर्भिकले को डक्टरले कहाँबाट दश कक्षा अथवा आठ कक्षा पास गर्यो त्यसको सर्टिफिकेट राम्रो कि नराम्रो भनेर चेक गर्न सक्दैन । कुनै पनि डक्टरले एमबिबिएस गरेपछि सर्टिििफकेट दिने जिम्मा मेडिकल काउन्सीलको हुन्छ । मेरो विचारमा एकचोटि मेडिकल काउन्सीलले सर्टिफिकेट दिएपछि त्यहाँ हाम्रो कुनै पनि भूमिका हुँदैन । यसमा मेडिकल काउन्सिलकै ठूलो हात छ । त्यसकारण म मेडिकल काउन्सिललाई यो मामलामा अत्यन्त सशस्त ढङगले काम गर्न आग्रह गर्दछु किनभने क्वाक डक्टर सामाजमा पाच्य छैनन् । हस्पिटलले भनेको कुनै पनि व्यक्तिको जीवन र मरणसगँ सम्बिन्धित छ । नर्भिक आफैेमा त्यस्ता डक्टरहरुको विरुद्ध छ । हामी यस्तो कामलाई सहायता दिने छैनौँ ।
[embed]https://youtu.be/fh3z2B0SH_U[/embed]
यहाँ जो क्वाक डक्टर भेटिनुभयो अब उहाँको कार्यकाल रहन्छ कि रहन्न ?
जो डक्टर क्वाक ठहरिनुभयो उहाँ नर्भिकको डक्टर होइन । उहाँ कन्सल्टान्ट हुनुहुन्थ्यो । उहाँलाई हामीले हायर गरेको होइन र उहाँ यहाँकोे कर्मचारी पनि होइन । यहाँ धेरै कन्सल्टान्टहरु छन् जो धेरै हस्पिटलमा काम गर्छन् । उहाँ नर्भिकको कार्यकारी नै नभएको हुँदा हामीलाई उहाँसगँ केहि सरोकार छैन ।
नेपालीहरुसगँ काम गर्दा कस्तो अनुभव भइरहेको छ ? यहाँको काम गर्ने वातावरण कस्तो छ ?
म के भन्छु भनेँ नेपालको काम गर्ने वातावरण ठिकै छ । यहाँ प्रोफेस्नालिजमको कमि छ । यो कुरामा नेपालले एकदम सुधार ल्याउनुपर्ने हुन्छ । यहाँका मान्छेहरु एकदम इजि गोइङ छन् । मान्छेहरुमा सिरियसनेस एकदम कम छ । यत्ति हो , अरु कुरा सबै राम्रो छ । कामदारहरु मिहेनती र लगनशील छन् ।
अवसर नभएको ठाउँमा नै अवसर सिर्जना गर्न सकिन्छ भनिन्छ कतिपय नेपाली विदेशिएका छन् अवसर छैन भनेर, के तपाईले नेपालमा अवसर देख्नुभएको छ ?
हेर्नुस् अवसर भन्ने कुरा आफैँले बनाउने हो । नेपाल सरकारले एकदम बलियो नीति ल्याउन जरुरी छ । युवाहरुलाई सिपमूलक बनाउँन जरुरी छ । नेपालको हरेक घरमा एक न एकजना सदस्य विदेशिएका हुन्छन् । त्यहि मान्छे विदेशमा कति राम्ररी काम गरिरहेको हुन्छ तर त्यसैगरि स्वदेशमा भने काम गर्न चाहँदैन । किन होला त ? नेपाल सरकारले चाडँै नै बलियो र भरपर्दो पोलिसी बनाउनु र लागु गर्नु जरुरी छ । उद्योग तथा होटल व्यवसाय र अन्य क्षेत्रलाई प्राथामिकता दिन सके देखि नेपनली विदेशमा खटिनु पर्दैन ।
तपाईले धेरै ठाउँहरु घुमिसक्नुभएको छ, तपाईका जीवनमा घटेका रमाइला क्षण कस्ता छन् ?
म नयाँ ठाउँहरु घुम्न एकदमै जाने गर्छु किनभने धेरै ठाउँहरुमा मैले थुप्रै नयाँ मान्छे भेट्ने मौका पाउँछु । विश्वको सर्वोच्च शिखर सगरमाथा हुनु नै म नेपाल बस्नुको मुख्य कारण हो । नयाँ ठाउँहरु घुम्नु र खानाको विभिन्न परिकार बनाउनु मेरो रुची हो । घुम्न गएको ठाऊंमा चाडैँ नयाँ मित्रसगँ घुलमिल हुन सक्नु र सहयोग गर्न सक्नु नै मेरो तागत हो ।
नर्भिक एकदम महङगो हस्पिटल भन्छन् तैपनि कर्मचारीहरु तलब नपुगेको गुनासो गर्छन् नि किन होला ?
मान्छेहरु नर्भिकलाई सबभन्दा महङगो हस्पिटल भन्छन् तर समग्रमा हेर्दा त्यस्तो छैन । हाम्रोे हस्पिटलमा हरेक वर्गका मानिसहरु आउने गर्छन् चाहे मध्यम वर्गीय होस् या धनी । हामीे यहाँ जे सर्भिस दिने गर्छौ त्यो एकदम हाइ स्टान्र्डडको छ । हामीकहाँ डक्टरहरु पनि हाइ प्रोफाइलको हुनुहुन्छ । यदि नर्भिकलाई ग्रान्डीसगँ तुलना गर्नुहुन्छ भनेँ हामी भन्दा ग्रान्डी नै महङगो छ । प्रायजसो सामान अरु देशबाट आयात हुने कारणले पनि कुनै पनि सामानको मूल्य धेरै हुने गर्दछ । तैपनि हामी कोशिश गरिरहेका छौँ अझ सस्तो सेवा उपलब्ध गराउन । भूकम्प गएको समयमा हस्पिटलकोतर्फबाट हामीले करिब बीस लाखको औषधि निशूल्क वितरण गरेका थियौँ ।
[embed]https://youtu.be/ZAtpIi22mnI[/embed]
नर्भिकमा कर्मचारीहरुको काम गर्ने वातावरण कस्तो छ ? कस्ता सुविधाहरु छन् ?
यसको बारेमा कुरा गर्दा हामी सरकारले बनाएको नीति नियमलाई अपनाउँछौँ । सरकारले कर्मचारीको मिनिमम र म्याक्सीमम स्यालरी जति तोकेको छ हामीले त्यहि अनुसार दिएका छौँ । हामी पनि सरकारको अङ्ग हौं, त्यसकारण यो सब कुरा सरकारले नै निर्णय गर्ने गर्दछ ।
कर्मचारीहरुसगँ तपाईको सम्बन्ध कस्तो छ ? कत्तिको अन्तरक्रिया गर्नुहुन्छ ?
मेरो कर्मचारीहरुसगँ सधैँ अन्तरक्रिया भइरहेको हुन्छ । केहि पर्यो भने उनीहरु तुरुन्तै म कहाँ आइहाल्छन् । सधैँ विहानको समयमा हामी मिटिङ बस्छौँ । हामी सबै बसेर हाम्रा कमी कमजोरीका बारेमा बहस गर्छौ र त्यसलाई सुधार्ने कोशिश गर्छौँ । कर्मचारीहरु सजिलै म सगँ आएर भेट्ने र आफ्ना कुरा राख्ने गर्छन् ।
नर्भिकलाई अझै राम्रो बनाउन कस्ता योजनाहरु ल्याउनुभएको छ ?
हामीले नर्भिकमा अझै थप सुविधाहरु थप्ने योजनाहरु बनाएका छौँ । अरु सयवटा बेड थप्न गइरहेका छौँ । त्यसैगरि मोडलर अपरेसन थिएटर राख्न गइरहेका छाँै । जुन नेपनलकै पहिलो विश्व स्तरीय अपरेसन थिएटर हुनेछ । नर्भिकले सधैँ मानवताको हिसाबले काम गर्छ र दुखमा परेकाहरुको सहयोेग गर्छ । आगामि दिनमा पनि नर्भिकले जनताको सेवकको रुपमा सहयोग गर्दै जाने छ । यस काम हामी निरन्तर लागि परिरहने छौँ ।
आफ्नो जीवनका उत्तर चढावलाई तपाई कसरी व्याख्या गर्नुहुन्छ ?
उत्तर चढाव भन्ने कुरा जीवनमा आइरहन्छन् । इसीजि मेसिनमा पनि लाइन तल माथि गरिरहेको हुन्छ । यदि लाइन सिधा छ भनेँ त्यो विरामी बाँचेको हुँदैन । जीवनमा चुनौतिहरु आउँनुपर्छ र ती चुनौतिको सहि रुपमा सामना गर्न सक्नुपर्छ । मेरो जीवनमा पनि धेरै उत्तर चढावहरु आए । अन्त्यमा म सजिलै ती चुनौतिको सामना गर्ने गर्छु र खुशी हुने गर्छु । हरेक दिन म नयाँ कुरा सिकिरहेको हुन्छु । म मेरो कामलाई माया गर्ने गर्छु । होटलमा वाइन सर्भ गर्दै आज हस्पिटलमा छु । त्यसैले सिक्नु नै मेरो जीवनको एउटा मुख्य पाटो भइसकेको छ ।
तपाईका जीवनका अंध्यारा पक्ष के के हुन् ?
सबै कुराको राम्रा र नराम्रा पक्षहरु हुन्छन् । अंध्यारो पक्ष भनेको मैले आफ्नो परिवारलाई समय दिन सक्दिन । म आफैलाई समय दिन सक्दिन । यो क्षेत्रमा जतिबेला जुनसुकै समयमा पनि अकस्मात उपचार गर्नुपर्ने हुन्छ । जुनसुकै समयमा विरामीको सङ्ख्या बढ्न सक्छ । म यहाँ आए लगत्तै हस्पिटलको आयआर्जन पनि बढेको छ । कहिलेकाहिँ त हामीलाई सास फेर्ने फुसर्द पनि हुँदैन । जुनसुकै समयमापनि हामी आफ्नो काममा लागि परिरहनुपर्ने हुन्छ । फलस्वरुप हाम्रो व्यक्तिगत जीवनमा असर पर्ने गर्छ । यहि कुरालाई नै म आफ्ना अध्ँयारा पक्ष मान्ने गर्दछु ।
अन्त्यमा के भन्न चाहनुहुन्छ हाम्रा नेपाल आजका पाठक र दर्शकहरुलाई ?
नेपालीहरु निकै मिहेनती, असल र लगनशील छन् । उनीहरुले काममा प्रोफेसलालिजमको चाहिँ एकदम विकास गनुपर्ने हुन्छ । अरुको कुरा सुनेर प्रतिक्रिया दिने बानी त्याग्नुपर्छ र बुझेर कुनै पनि कुरा या कामको अनुभव लिने बानी बसाल्नुपर्छ ।
anil malik in norvic hospital
interview with anil malik
norvik hospital