अपराध सुरक्षा ताजा खबर News समाज

जनकपुर तनावग्रस्त

जनकपुर तनावग्रस्त

jan असार १९ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामचन्द्र मण्डलसहित प्रहरीले पक्राउ गरेका माओवादी, कांग्रेस र फोरम कार्यकर्तालाई रिहाइको माग गर्दै जनकपुरको पिराडी चोकमा चक्काजाम गरिएको छ । जनकपुर १४ रजौलस्थित जनता माविको व्यवस्थापन समिति गठन सम्बन्धी विवाद चुलिएर दुई पक्षबीच भिडन्त भएपछि तनाव सुरु भएको हो ।

Janak

शनिबार अबेर राति समितिका वर्तमान अध्यक्ष एंव कांग्रेस नेता रामवरण पासमानको घरमा फोरम र माओवादी समर्थित कार्यकर्ताले आक्रमण गरेपछि प्रहरीले मण्डलसमेत नौ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा माओवादीका मण्डल, कांग्रेस नेता श्रीराम साह र संघीय समाजवादी फोरम नेपालका रामसुखित यादव लगायत छन् ।

अचानक चक्काजाम गरिएपछि त्रैमासिक परीक्षा चलिरहेको निजी विद्यालयहरुका विद्यार्थी बोक्ने बस जहींका त्यहीं रोकिएका छन् । यसले विद्यार्थी ठूलो मारमा परेका छन् ।

Janakpur

विशेष