सात वर्षदेखि फरार दोषी पक्राउ

असार - १९। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालत काठमाडाैँबाट कैद पाएर सात वर्षदेखि फरार डाढा–८ का नथुनीप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरी डाढा–८ का ६० वर्षीय यादवलाई गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
यादवविरुद्ध विसं २०६६ भदौ ८ गते अदालतले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैदको फैसला गरेको थियो । उनलाई राजविराजस्थित कारागार पठाइएको छ । रासस,
Jail
pakrawo
