विदेश

बगदादकाे व्यस्त सपिङ सेन्टरमा कार बम आक्रमण, ८० मारिए

बगदादकाे व्यस्त सपिङ सेन्टरमा कार बम आक्रमण, ८० मारिए
[caption id="attachment_9582" align="alignnone" width="1920"]Bagdad 2 Photo : aljazeera[/caption] असार – १९ । इराकको राजधानी बगदादमा आइतबार भएको कार बम आक्रमणमा कम्तिमा पनि ८० मारिएका छन् । १०० भन्दा वढी घाइते रहेकाे अल्जजिराले जनाएकाे छ । बगदादको ब्यस्त इलाकामा रहेको सपिङ सेन्टरमा भयानक कार बम आक्रमण भएको हो । रमदानको ब्रत सकेर मानिसहरु सडकमा निस्किएका थिए । एउटै कार बम आक्रमणबाट यति धेरै संख्यामा सर्वसाधरणहरु मारिएको यो वर्षको ठूलो घटना हो । [caption id="attachment_9583" align="aligncenter" width="583"]Bagdad Photo : aljazeera[/caption] यो आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएपनि आधिकारिकरुपमा पुष्टि हुन सकेको छैन । बम आक्रमणपछि घटनास्थलमा लाशको चाङ लागेको छ भने सपिङ सेन्टर पनि छियाछिया भएको छ । [caption id="attachment_9584" align="alignnone" width="998"]car Photo : aljazeera[/caption] आजै बगदादको पूर्वी क्षेत्रमा भएको अर्को बम विस्फोटनमा परेर १६ जना मानिस मारिएका छन् । बगदादबाट ४० माइल पश्चिमको फल्लुजाह सहरलाई इराकी फौजले आफ्नो कब्जामा लिएपछि यो आक्रमण भएको हो ।

Bagdad

विशेष