अन्तरिक हवाई भाडा घट्याे, कुन ठाउँलार्इ कति?

असार - १९ । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउने निर्णय गरेका छन् । वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघको आइतबार बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
हवाई भाडा न्यूनतम १ सय १५ रुपैयाँदेखि अधिकतम ३ सय ८५ रुपैयाँ घटाउने निर्णय गरेकाे छ । घटेको भाडामा यात्रुले सोमबारबाट उडान गर्न पाउनेछन् ।
सबैभन्दा नजिक हवाई दुरीमा रहेको सिमराका लागि १ सय १५ र सबैभन्दा टाढाको धनगढीका लागि ३ सय ८५ रुपैयाँ भाडा घटाउने निर्णय भएको जानकारी दिए ।
अब काठमाडौंबाट सिमरा जान प्रतियात्रु २ हजार ६ सय ५० रुपैयाँ तथा धनगढी जान १० हजार ६ सय ५ रुपैयाँ तिरे पुग्छ । आइतबारसम्म सिमराको भाडा २ हजार ७ सय ६५ र धनगढीको भाडा १० हजार ९ सय ९० रुपैयाँ रहेको छ ।
Bhada Ghatyo
nepal airline
nepal airport
