आतङ्ककारी हमलाको निन्दा

असार १९ । नेपालले बङ्गलादेशको राजधानी ढाकास्थित गुल्सान क्षेत्रको एक रेस्टुराँमा शुक्रबार भएको आतङ्ककारी हमलाको निन्दा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले बङ्गलादेशका आफ्ना समकक्षीलाई शनिबार छुट्टाछुट्टै सन्देश पठाई दुःखको यस घडीमा नेपाली जनता र सरकारका तर्फबाट सहानुभूति र ऐक्यबद्धता प्रकट गर्नुभएको परराष्ट्र मन्त्रलयले प्रेस विज्ञप्तिमार्फत आज जनाएको छ ।
बंगलादेशको राजधानी ढाकास्थित एक क्याफेमा बन्धक बनाइएका २० जनाको हत्या भएको र १३ जनाको उद्दार गरिएको थियाे ।
bidhya debi bhandari
Dhaka hamala
Nepal Sarkar