शेयर

४ अङ्कले सेयर बजार ओरालो

४ अङ्कले सेयर बजार ओरालो
  असार - १९ । सेयर बजार आज चार अङ्कले घटेर एक हजार ७१९ बिन्दुमा झर्यो । lossअघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो । सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार १३७ कम्पनीको एक अर्ब ८५ करोड मूल्य बराबरको कारोबार भयो । आज मात्रै दुई लाख ८३ हजार ३०० कित्ता विभिन्न कम्पनीका सेयर कारोबार भयो । नेप्सेका अनुसार लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन् । समग्रमा लघुवित्त कम्पनीको सेयर ६६ अङ्कले बढेको छ भने वित्त २९ र अन्य समूह चार अङ्कले बढेका छन् । सधैँ उकालो लाग्दै आएको बिमा समूह भने खुम्चिएको छ । सो समूहमा २२३ अङ्कले कमी आएको छ भने घट्ने सूचीमा बैंकिङ र जलविद्युत् समूह रहेका छन् । नेप्सेका अनुसार बैंकिङ समूह १३ र जलविद्युत् समूह सात अङ्कले घटेका छन् । सेयर बजार औसतमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन् ।

share bajar

विशेष