क्यानडा र अफगानिस्तान पठाइदिने भनी ठगी गर्ने दुई पक्राउ

असार -१९ । विदेश पठाइ दिने भनी ठगी गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले भूकम्पपीडितको कोटामा क्यानाडा पठाइदिने भनी ठगी गर्ने काठमाडौँ धापासीका देवजङ्ग पण्डित र अफगानिस्तान पठाइ दिने भनी ठगी गर्ने धादिङका ३३ वर्षीय यमन तामाङलाई पक्राउ गरेको हो ।
आरोपी पण्डितले भूकम्पपीडितको कोटा आएको छ भनी काठमाडौँ बूढानिलकण्ठ नगरपालिका–१७ का मच्छे श्रेष्ठलाई विश्वास दिलाई पटक-पटक गरी रु २२ लाख लिई दक्षीण अफ्रिकासम्म पुर्याई अलपत्र पारी फरार भएका थिए ।
त्यसैगरी, तामाङ्ले धादिङ मैदी–७ का देउबहादुर गुरुङलाई आकर्षक तलबको लोभ देखाइ अफगानिस्तान पठाईदिन्छु भनी पटक-पटक गरी रु पाँच लाख ५० हजार लिई दुवईमा पुर्याएर अलपत्र पारेका थिए ।
बानेश्वरबाट पक्राउ गरिएका पण्डित र नयाँ बजारबाट पक्राउ परेका तामाङ दुबैलाई ठगी मुद्दामा थप अनुसन्धान एवम् आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको महाशाखाले जनाएको छ । रासस
Cib Nepa
pakrawo
