विदेश

बग्दाद अाक्रमणमा मारिने संख्या १३१ पुग्याे, आइएसद्वारा आक्रमणको दाबी

बग्दाद अाक्रमणमा मारिने संख्या १३१ पुग्याे, आइएसद्वारा आक्रमणको दाबी

असार - १९ । इराकको राजधानी बग्दादको ब्यापारिक इलाकामा आइतबार बिहान सबेरै भएको एक आत्मघाती कारबम आक्रमणमा मारिनेकाे संख्या ९१ पुगेकाे छ। यसमध्ये १५ जना बालबालिका थिए । राजधानी बग्दादमा यस बर्षमा भएकाे सबभन्दा भीषण आक्रमण भएको बताइएको छ ।

Bagdad 2

यस आक्रमणमा परी अन्य १७० जना घाइते भएका छन् । सो विस्फोटन बग्दादको कर्रादा क्षेत्रमा रहेको सडकमा भएको थियो । मुसलमान समूदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै व्यक्तिहरुको किनमेल गर्न जान आवातजावत सडकमा सो विस्फोटन गराइएको थियो ।

Bagdad 3

यस कारबम आक्रमणको इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले एक विज्ञप्ति प्रकाशित गरी जिम्मा लिएको छ । इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन ।

People inspect the site of a suicide car bomb in the Karrada shopping area, in Baghdad, Iraq July 3, 2016. REUTERS/Khalid al Mousily

इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्णरुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ । सरकार विरोधी यी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो ।

Bagdad Iraq

विशेष