ताजा खबर News समाज

पुष्पाञ्जली विद्यालय साउन २ सम्मलार्इ बन्द, दाेषी अझै पक्राउ परेनन् 

पुष्पाञ्जली विद्यालय साउन २ सम्मलार्इ बन्द, दाेषी अझै पक्राउ परेनन् 
असार १९ । ललितपुरको टौखेलस्थित पुष्पाञ्जली सेकेण्डरी विद्यालयको पठनपाठन श्रावण २ गतेसम्मको लागि बन्द गरिएको छ । शनिवार बसेको व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो । School-accident-Lalitpur-2शुकबार ललितपुरको गोदावरी टौखेलस्थित प्लटिङ गरेकाे जग्गाकाे पर्खाल पल्टिएकाे थियाे । पर्खाल पल्टिदा पुष्पाञ्जली सेकेण्डरी विद्यालयकाको पर्खालमा धक्का लागि पल्टिएर २ विद्यार्थीको ज्यान गयो । २४ विद्यार्थी घाइते घाइते भए। उनीहरुको पाटनस्थित बि एन बि अस्पतालमा उपचार भइरहेको छ । यो घटनामा दोषि ठानिएका व्यक्ति कर्मा घिसिङ अझै सम्पर्कमा आएका छैनन् । गायकसमेत रहेका कर्मा घिसिङले सो विद्यालयभन्दा माथि रहेको खेतमा प्लटिङ गरेका थिए र अग्लो पर्खाल बनाएका थिए । सोही पर्खाल भत्किएर विद्यालयमा ठोक्किदा विद्यालयको पर्खालसमेत भत्किएको थियो । ३ र ८ कक्षाका विद्यार्थीलाई सो पर्खालले च्यापेको थियो । पर्खालमा च्यापिएर विद्यार्थीको मृत्युभएपछि जग्गा प्लटिङ गर्ने व्यक्तिको खोजि शुरु भएको हो ।

pushpanjali school

विशेष