अपराध सुरक्षा अर्थ ताजा खबर News

भ्रष्टाचारको ढाकछोप गर्न पत्रकारलाई भत्ता

भ्रष्टाचारको ढाकछोप गर्न पत्रकारलाई भत्ता
(from left) Subash Nirola, Senior Director, NTB, Bhawani Rana, Executive Member, FNCCI and Sangita Nirola, Chairperson, Swati during an Interaction on “Forum for Social Change” at NTB’s office, Bhrikutimandap on Friday. Post photo / kaushal adhikari / Kantipur काठमाडौं, असार २० । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत रहेको कृषि उद्यम केन्द्रलाई कृषि विकास मन्त्रालयले उपलब्ध गराउँदै आएको यो आर्थिक वर्ष २०७१-०७३ को २५ करोड रुपैयाँ २०७३ जेठ १५ गते भित्रैमा मनपरी ढंगले अनियमित रुपमा खर्च गरेर झ्वाम्म पारिएको समाचार बाहिर आएपछि यसका संचालकहरुमा छटपटी सुरु भएको छ । यसै आर्थिक वर्षको अन्त्य असारमा नक्कली प्रचारबाजी गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष तथा कृषि उद्यमी केन्द्रकी अध्यक्ष भवानी राणाले आफू निकटका केही पत्रकारहरुलाई जिल्ला भ्रमण गराएको कृषि मन्त्रालय स्रोतले जनाएको छ । सरकारी निजी साझेदारी कार्यक्रमका नाममा महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ र एक जिल्ला एक उत्पादन कार्यक्रमका लागि यस आ.व.मा २५ करोड रुपैयाँ हात पारेको थियो । तर, त्यो रकम जिल्ला÷जिल्लाका कृषि उत्पादनका लागि खर्च गरिनुपर्ने २५ करोड नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्षका लागि प्रचारित उम्मेद्वार भवानी राणाल कृषि उत्पादन होइन आफ्नो भोटर उत्पादन गर्ने कार्यमा लगानी गरेर मनपरी बाँडफाँड मात्र होइन कार्यक्रम नै डुप्लिकेशनमा पारेर भ्रष्टाचार गरेको कुरा कृषि मन्त्रालयले समेत आपत्ति जनाएपछि उनको सातो गएको थियो । साँघु साप्ताहिक

Bhawani Rana

विशेष