News स्वास्थ्य

अरुको प्रगति देख्दा तपाईलाई पिन्च हुन्छ ? याद गर्नुहोस् मानसिक रोग लागेको हुनसक्छ

अरुको प्रगति देख्दा तपाईलाई पिन्च हुन्छ ? याद गर्नुहोस् मानसिक रोग लागेको हुनसक्छ

मान्छे आफ्नो दुर्गतिमा भन्दा अरुको प्रगतिमा बढी दुःखी हुन्छन् । अरुको प्रगतिमा मन दुखाउंदा दुखाउंदै झन् समस्या पर्छन र असामान्य अवस्थामा पुग्दछन् । त्यसैले त्यस्तो बानी छ भने बेलैमा याद गरौं । अन्यथा मानसिक रोगको सिकार भइसकेका हुनेछौं । पापी मनले मान्छेलाई अनियन्त्रित अवस्थामा पुर्याउने गर्दछ ।नेपालीमा उखान नै छ आखाँ लोभी मन पापी । सानो कारणले ठुलो मान्छे एकै पलमा पतन हुन्छ । कुनै घटना तथा परिस्थितिले मान्छेलाई हिरोबाट जिरो बनाउछ । मान्छेले मन भौतारिएपछि मानसिक सन्तुलन गुमाउन सक्छ । यस्तो अवस्थामा मान्छेले अनुमानभन्दा बाहिरको निर्णय लिन सक्छ ।

बरिष्ठ मानसिक रोग बिशेषज्ञ निराकारमान श्रेष्ठ असामान्य निर्णय मान्छेको स्वभावमा पनि भर पर्ने बताउंछन् । उनी भन्छन ‘बिशेष गरि यस्तो निर्णय किशोरकिशोरी तथा ३० वर्ष भन्दा मुनिका मानिसले गर्छन । किनकी उनीहरुमा तातो रिस र आबेगात्मक भावना बढी हुन्छ । अरुलाई देखाउने तथा घुर्काउने बानीले गर्दा नचाहदा नचाहदै जिन्दगीलाई नै जोखिममा पार्ने निर्णय गर्छन ।’

Nirakar man

घातक निर्णय गर्नेहरु बिशेष गरि असफल भएकाहरु, डिप्रेसनका पीडित, मानसिक रोगीहरु र जीवनदेखि हार खाएका हुने श्रेष्ठ बताउछन । उनी थप्छन ‘ घातक निर्णय गर्ने तथा आत्महत्या गर्ने सबै मानसिक रोगी हुंदैनन । यस्तो निर्णय मान्छेको स्वभाव तथा अवस्थामा भर पर्छ

डाक्टरको सल्लाह

मानिस दबाब तथा तनाबमा भएको बेला मानसिक अवस्था असन्तुलित हुने भएकाले यस्तो अवस्थामा खतरनाक निर्णयबाट जोगिन बिविध कुरामा ध्यान दिन मानसिक रोग बिशेषज्ञ निराकारमान श्रेष्ठ यस्तो सल्लाह दिन्छन । मन सधैं एउटै कुरामा घुमाईरहदाँ मनमा नराम्रो अनुभव पर्छ हाम्रो मस्तिस्कमा समेत असर पु¥याउँछ । शरीर तात्छ, मुटुको धडकन बढ्छ र छटपटी हुन्छ । त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो सोचाँर्ई गर्नुहुदैन । अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने गर्नुपर्छ ।

आफनो प्रगति चाहनु राम्रो पक्ष हो । तर हामीमा केही गलत धारणा पनि हुन सक्छन् । अर्काले प्रगति गर्दा आफूलाई ‘नकारात्मक मुल्याङकन गर्ने’ बानी असाध्यै नराम्रो र संकिर्ण सोचाई हो । धेरै मानिस यस्ता समस्याबाट पिरोलिएका हुन सक्छन् । जसले गर्दा मनमा अशान्ति फैलन्छ र मनोरोग लाग्न सक्छ । बाटो हिड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ । त्यसैले यस्ता वस्तु देख्दा मन बेचैन बनाउन हुँदैंन ।

राशिफल हेर्ने, हात हेराउने, भूतप्रेत तथा बोक्सीमा विश्वास गर्ने युगको अन्त्य भइसक्यो । राति बाटोमा हिड्दा भूत लाग्छ भन्दै डराउँदा ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामी हुन्छ । मनोरोग लाग्न पुग्छ ।हरेक काममा खुशी, सुखी र सन्तुष्ट बन्ने कोसिस गर्नुपर्छ । दैनिक जीवनमा काम गर्दै जाँदा कहिले सफल भइन्छ, कहिले असफल । असफल भएका कारण हतास हुनुहुँदैन । बरु असफलताको कारण के छ त्यो पत्ता लगाई सफलताको बाटोमा फेरि अगाडि बढ्नुपर्छ ।

कहिलेकाँही हाम्रा अगाडि समस्या नै समस्या तेर्सिएर बसेका हुन्छन् । यस्तो अवस्थामा आत्तिनु हुँदैंन । बरु देखिएका समस्याका विषयमा एउटा योजना बनाई अघि बढ्नुपर्छ ।जे छ त्यसमा सन्तुष्ट बन्नुपर्छ तर मिहिनेत गर्न भने छाड्नुहुदैन । धेरै मानिस आफ्नो विगतलाई विर्सन्छन् । त्यस्ता मानिस वर्तमानमा सन्तोष लिन सक्दैनन् फलस्वरुप मानसिक रोगी बन्न पुग्छन ।

लागुपदार्थ तथा दूब्र्यसनीबाट मानसिक रोग लाग्ने सम्भावना हुन्छ । रक्सीको मातमा झगडा गर्ने, श्रीमतीमाथि शंका गर्ने, गर्दा परिवार बिग्रन्छ ।कति मानिस लागुऔषध दुब्र्यसनमा फस्छन । जसले गर्दा दैनिक २–४ हजार रकम यसमा खर्च गर्न थाल्छन् । पैसाका लागि अनैतिक काम गर्न थाल्छन् । फलस्वरुप उनीहरुलाई मानसिक दबाब पर्न जान्छ । दैनिक जीवनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्छ । समाजमा आफूमात्र प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने गरेको पाइन्छ । यस्तो अस्वस्थ वातावरणमा मानिसको मानसिकतामा नकरात्मक प्रभाब पर्छ ।

अति नैतिकवान बन्नु हुदैन अरुबाट पनि त्यस्तो आशा गर्नुृहुदैन । समाजमा कोही मानिस अति नै नैतिकवान हुन्छन् । यस्ता मानिस हरेक काममा अति नै सचेत हुन्छन् । अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनी हरेक क्षणमा ध्यान पुर्याउँछन् । तर समाज त्यस्तो छैन र समाजबाट यस्ता मानिसले धोका पाउँछन् । अनि उनीहरु मन दुखाउन पुग्छन र मनोरोग लाग्न पुग्छ । मनका कुरा अरुलाई भन्ने बानी गनुपर्छ । हामीमा ठुलो समस्या आउँदा पनि अरुलाई नभन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलिन्छ । हावा भरिएको प्रेसर कुकर झै विस्फोट हुने वा अचानक सिठ्ठी लाग्ने जस्तो गरी मनमा पनि ठुलो हलचल हुन सक्छ ।

प्रस्तुतिः– सागर बुढाथोकी

Depression Mental Problem

विशेष