अर्थ ताजा खबर News

सबेरै पेट्रोलको लाइन, के पेट्रोलको अभाव भएकै हो ?

सबेरै पेट्रोलको लाइन, के पेट्रोलको अभाव भएकै हो ?
11 मुकुन्द घिमिरे, प्रवक्ता –नेपाल आयल निगम नेपाल आयल निगममा तेलको समस्या अहिलेको अवस्थामा बिल्कुल छैन । अब तेलको समस्या सायद हुदैन होला । हामी नेपालीहरु अली बढी नै अत्तालिन्छौ । केही कुराको अभाव नभइकन कसैले हल्ला गरिदियो भने हारालुछ गरेर लाईन बस्छौ र स्टक राख्न थाल्छौ । त्यसैले गर्दा बजारमा कृतिम अभाब सिर्जना हुन्छ । कालोबजारीहरुलाई बाटो खुल्छ । नेपालमा तेल आउने इन्डियन आयल कर्पोरेशनबाट हो । त्यति लामो बाटो भएर तेल आउंदा कहिलेकाही ढिलो हुनसक्छ , तर नपाइने गरी हाहाकार नै हुदैन । शुक्रबार मुग्लिन सडक पहिरोले अबरुद्ध भएर तेल आउन ढिला भयो । त्यस कारण तेल नै नपाउने हल्ला भईसकेछ । यथार्थ त्यस्तो छैन हामीसंग पर्याप्त तेल छ । हामीलाई माग भएको तेल भनेको दैनिक ४ लाख लिटर हो । त्यो भन्दा बढी तेल दैनिक रुपमा आउछ । दैनिक माग भएर आएको तेल बितरण गर्दा पनि हामीसंग धेरै नै स्टक रहन्छ । दैनिक रुपमा तेल आउने भनेको ६ लाख २३ हजार लिटर भन्दा बढी हो । तर बितरण त्यसको आधा जति मात्र हुन्छ । त्यसैले तेलको अभाव छैन र हुदैन पनि । (सागर बुढाथोकीसंगको फोन सम्बादमा आधारित कुराकानी)

Nepal Oil Corporation

विशेष