इराकमा तीन दिनको राष्ट्रिय शोकको घोषणा
असार २० । इस्लामिक अतिवादी संगठन आइएसको आक्रमणमा परी १ सय ३१ जनाको मृत्यु भएपछि इराकमा तीन दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ । राजधानी बग्दादस्थित बजारको एक ब्यापारिक भवन नजिकै विस्फोटक पदार्थले भरिएको भ्यान विस्फोट गराइएको थियो । उक्त आक्रमणमा १ सय ५० जना घाइते भएका छन् । सिया समुदायको बाहुल्य रहेको सो क्षेत्रमा सर्वसाधारण रमदानकालागि किनमेल गर्न ब्यस्त रहेका बेला विस्फोट गराईएको हो ।
मृत्यु भएकामध्ये धेरैजसो बालबालिका तथा एउटै परिवारका सदस्य छन् । घटनाको स्थलगत अवलोकनकालागि पुगेका प्रधानमन्त्री हैदर अल आवदी विरुद्ध स्थानीयको भीडले नाराबाबजी गर्दै विरोध जनाएपछि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय शोकको घोषणा गरिएको हो ।
Iraq