अपराध सुरक्षा ताजा खबर News

प्लानमा जागिर लगाइदिने भन्दै ५ जनालाई बन्धक बनाउने पक्राउ

प्लानमा जागिर लगाइदिने भन्दै ५ जनालाई बन्धक बनाउने पक्राउ

Pl असार २० । प्लान ईन्टरनेशनलमा मासिक ३० हजार रुपैयाँ दिने गरी जागिर लगाईदिने भन्दै पाँच दिन देखी नियन्त्रणमा राखिएको पाँच जनालाई प्रहरीले उद्धार गरेको छ । दोलखाको भीमेश्वर नगरपालिका ९ स्थित महांकल मन्दिर नजिकै रहेको एक होटल बाट ४ जना महिला र १ जना पुरुषलाई जिल्ला प्रहरी कार्यालय दोलखाले उद्धार गरेको हो ।

उद्धार गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय दोलखामा सोधपुछको लागि राखिएको छ भने नियन्त्रणमा लिने भीनपा ५ जिलु घर भएका लिला बहादुर श्रेष्ठ नाम बताउने युवकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाईरहेको जिल्ला प्रहरी कार्यालय प्रहरी निरिक्षक ललन कुमार कुर्मीले नेपाल आजलाई जानकारी दिए । बन्धक बनाइएका एक जना सिन्धुली, दुइजना ओखलढुंगा र २ जना दोलखाका स्थानिय रहेको समेत कुर्मीले बताएका छन् । तर उनिहरुको नाम भने प्रहरीले खुलाएन । प्लान ईन्टरनेशनल दोलखाले भने ति व्यक्तिको संस्थामा संलग्नता नरहेको र आफ्नो संस्थाको नाम बेची ठगि गर्न खोजेको जनाएको छ । संस्थाले यस्तो विषयमा कोही कसैलाई भरनपर्न समेत आग्रह गरेको छ ।

विशेष