अपराध सुरक्षा ताजा खबर News

प्लटिङकर्ता कर्मा अझैं बेपत्ता, पीडितले नै तिरे अस्पतालको खर्च, साउन २ सम्म विद्यालय बन्द

प्लटिङकर्ता कर्मा अझैं बेपत्ता, पीडितले नै तिरे अस्पतालको खर्च, साउन २ सम्म विद्यालय बन्द

karma-pushpanjali-school

बाहिरफेर परिचय दिंदा कर्मा घिसिङ आफुलाई गायक र प्रोडुसर भन्थे । अभिनेतृसंग खिचेका तस्बिर देखाएर उनी गफ दिन्थे । प्रहरीलाई प्रभावमा पारेकै थिए । संगठित गुण्डाको आडमा सस्तोमा जग्गा लिने र महङ्गोमा बेच्ने गर्दथे । भिरालो जग्गामा कमजोर पर्खालको भरमा हल्काफुल्का माटो भरेर मोटो रकममा विक्री गर्थे । कर्माको कुकर्म शुक्रबार पर्दाफास भयो । उनले प्लटिङ गरेको जग्गामा लगाइएको पर्खाल ढलेर गोदावरी टौखेलस्थित एक विद्यालयको पर्खालमा ठक्कर दियो । विद्यालयको पर्खालपनि भत्कियो जसका कारण २ विद्यार्थी मारिए र २० विद्यार्थी घाइते भए ।

पुष्पाञ्जली विद्यालयको प्रर्खाल भत्किएर विद्यार्थीको ज्यान गएसंगै कर्मा गायब भए । पर्खाल भत्किदा काठमाडौंमा रहेका उनले त्यसलगत्तै फोन अफ गरेका थिए । ललितपुर प्रहरीका अनुसार उनको परिवार, आफन्त र साथीहरुको पहिचान भइसकेको छ । छिट्टै पक्राउ पर्ने प्रहरीको प्रतिक्रिया छ ।

प्रहरीले ४ दिन भइसक्दापनि कर्मालाई पक्राउ गर्न नसकेपछि पीडित परिवारमा कतै पीडकले उन्मुक्ति पाउने त होइन भन्ने आंशका बढेको छ । उनीहरु भन्छन्, ‘पढ्न पठाएका हाम्रा लालाबालाको यो नियती बनाउने यमराजमाथि कारबाही भएको देख्न पाऊं ।’

गृहमन्त्री शक्तिबस्नेतले घटना भएको भोलिपल्ट पीडकलाई छिट्टै कानूनी दायारामा ल्याइने बताएका थिए । उनको ‘छिट्टै’ कहिले आउंला भनि पीडित परिवारजनले प्रतीक्षा गरिरहेका छन् । घाइते केही विद्यार्थी उपचारपछि घर फर्केका छन् । केहीको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उपचार खर्चसमेत आफुहरुले नै बेहोर्न परेको पीडित परिवारको गुनासो छ । घटनालगत्तै, विद्यालय प्रशासनले पर्खाल नबनाउन पटकपटक आग्रह गरेको भएपनि कर्माले नमानेको तथा स्थानिय प्रशासनले नहेरेको प्रतिक्रिया दिएको थियो । गोदावरी नगरपालिकाले भने लिखित उजुरी नआएको प्रतिक्रिया दिएको छ । स्रोतका अनुसार कर्माले विद्यालय प्रशासन सम्बद्ध व्यक्तिहरुलाई पर्खालका बारेमा उजुरी गरे देखाइदिने भन्दै धम्काएका थिए । नगरपालिका र प्रहरी पोष्टलाई मौखिकरुपमा पर्खालका बारेमा जानकारी गराइएपनि केही हुन नसकेको स्रोतको भनाइ छ ।

विद्यालय साउन २ सम्मलाई बन्द

कर्माको कुकर्म हुंदैनथ्यो भने पुष्पाञ्जली विद्यालयका विद्यार्थी यतिबेला परीक्षाको तयारीमा धस्सिएका हुन्थे । ६ दिन मात्र बांकी थियो फष्ट टर्म आउन । तर, अहिले विद्यार्थी शोकमा छन् । विद्यार्थीमा मनोवैज्ञानिक समस्यासमेत देखिएको छ । घटनामा परेका र घटनाको साक्षी बनेका विद्यार्थीमा निन्द्रा नलाग्ने, आत्तिने, टहलिने समस्या देखिएको अभिभावकले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापनको शनिबार बसेको बैठकले साउन २ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असार २३ गतेदेखि हुने भनिएको परीक्षापनि अनिश्चित भएको छ ।

र याे पनि

यि हुन् कर्मा जसको कुकर्मले २ विद्यार्थी मारिए, २४ घाइते भए

 

Karma puspanjali school

विशेष