खेल ताजा खबर News

पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोली बेलायत जाने

पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोली बेलायत जाने

Nepali cricket काठमाडौं, असार २० । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो ।

टोलीमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् । टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयां अनुहारका रुपमा विक्रम शोव आएका छन् । नेपाली टोली अर्को साता बेलायत जानेछ र, १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डसमा खेल्नेछ ।

Nepali Cricket

विशेष