ईपीजीको बैठक काठमाडौंमा सुरु
काठमाडौं, असार २० । नेपाल र भारतबीचका सबै खाले सन्धि र सम्झौता पुनरावलोकन गरी सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पहिलो बैठक सोमबार काठमाडौंमा सुरु भएको छ । होटल अन्नपूर्णमा सुरु भएको बैठकको उद्धघाटन उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गरेका छन् । बैठकको उद्धघाटन गर्दै मन्त्री थापाले ईपीजीको बैठकले नेपाल र भारतबीच रहेको समस्याहरुको अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका थिए । बैठकमा सहभागी हुन भारतीय आइबतबार नै काठमाडौं आइपुगेको थियो ।
दुईपक्षीय सम्बन्धका समस्यामा दुवैतिरका विज्ञ समूहमा औपचारिक रूपमा छलफल हुन लागेको यो पहिलो पटक हो । भोली सम्म सञ्चालन हुने बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ । त्यसमा नेपालको तर्फबाट आफ्नो धारणा राख्ने र उनीहरूको धारणा बुझ्ने काम हुने गरी तयारी अघि बढेको छ ।
नेपाली टोलीले एक महिनादेखि दैनिक जस्तो एक स्थानमा जम्मा भएर यसको तयारी गरेको हो । भारतका तर्फबाट भाजपा वरिष्ठ नेता भगतसिंह कोसियारी संयोजकत्वको टोलीमा प्रा.महेन्द्र पी. लामा, प्रा. बीसी उप्रेती र पूर्वराजदूत जयन्त प्रसाद छन् । त्यस्तै नेपालको तर्फबाट भेषबहादुर थापाको संयोजकत्वमा सूर्यनाथ उपाध्याय, नीलाम्बर आचार्य र राजन भट्टराई रहको टोलीले अन्तक्र्रिया गर्नेछ ।
EPG Submit