ताजा खबर News समाज

नेपालकै नमुना कृषि विकास कार्यालय

नेपालकै नमुना कृषि विकास कार्यालय
असार - २० । सल्यानको सदरमुकाम खलंगामा रहेको जिल्ला कृषि विकास कार्यालय दुई वर्षदेखि देशकै नमुना बनेको छ । Jilla krishi kraryalaya khalanga 2 दुई वर्ष अघि सम्म दुवो र निलकाडाले भरीएको जिल्ला कृषि विकास कार्यालय परिसरमा यतिखेर पुग्ने जो कोहिको पनि मुखमा झुण्डिएको हुन्छ आहा कार्यालय त यस्तो पो ! खानेपानीको चरम समस्या भोगिरहेको खलंगामै कार्यालयले खाकासेबाट पानी संकलन गरेर माछा पालन गरेको छ भने कार्यालय परिसरमा थरिथरीका तरकारी तथा फलफुल रोपिएको छ । कार्यालय प्रमुख कृषि विकास अधिकृत टेक प्रसाद लुईटेल सल्यान पुगेपछि कार्यालयले यसरी काँचुली फेरेको हो । 'हामीले किसानलाइ गर भन्नुभन्दा पहिले असम्भव भन्ने केहि हुदैन भन्ने कुरा देखाउन यस्तो गरेका हौँ ' कार्यालय प्रमुख लुईटेलले भने  'असार - साउनमा समेत खानेपानीको चरम अभाव हुने खलंगामा त हामीले माछा पालन गर्न सक्छौँ भने अरु असम्व भन्ने केहि छैन ।' कार्यालय समय सकिएपछि समेत आफुहरु कार्यालय परिसरको खेतिवालीको काममा लाग्ने गरेको कार्यालयका एक कर्मचारीले बताए । कार्यालयले जिल्लामा व्यवसायिक रुपमा शुरु नगरिएका भुइस्याउ, स्टावरी, सुन्तला, कागति, वेलौति जस्ता फलफुलहरुलाई परिक्षणकोे रुपमा खेति थालेको छ । आफुहरुले कार्यालयलाई केषि उत्पादनको म्युजियम सरह बनाउन चाहेको कार्यालय प्रमुख लुईटेलले बताए । Jilla krishi karyalaya khanaga जिल्ला कृषि विकास कार्यालयको परिसरमा जिल्लाका सफल कृषकहरुको पुरा विवरण टाँसेका कार्यालय प्रमुख लुइटेलले त्यहाँ पुग्ने जो कोहिलाई पनि व्यवसायिक खेतिबारे सिकाउने गरेका छन् । उनले भने दलका नेताहरु समेत शुरु शुरुमा त कार्यकर्ताका काम ल्याएर आउथे तर व्यावसायिक ढंगले आउनुस मैले के सहयोग गर्नुपर्छ तयार छु भनेपछि सानातिना दवाव दिदैनन । जिल्लाका दल, प्रशासक, कृषक, व्यापारी, संघसंस्था सवैले लुइटेलको योजनाको खुलेर प्रसंसा गर्ने गरेका छन् । वार्षिक रुपमा पाँच सात वटा प्लाष्टिक टनेल निर्माणको कार्यक्रम हुने सल्यानमा लुइटेल प्रमुख भएर आएको पहिलो वर्षमा ८ सय १ र दोस्रो वर्षमा १९ सय बढि प्लाष्टिक टनेल बनाएर खेति शुरु गरिएको छ । लुइटेलले भने हामी कुरा होइन काममा विश्वास गछौँ र त्यो पनि पहिले कार्यालयबाटै गरेर देखाउन चाहन्छौँ ।

Agriculture in Nepal Jilla Krishi Karyalaya Salyan Khalanga Shalyan

विशेष