द्वन्द्व कालमा मारिएका नेताको सम्झनामा स्मृति गेट बन्ने
असार – २० । सशस्त्र द्वन्द्व कालमा बिद्रोही पक्षको आक्रमणबाट ज्यान गुमाएका खोटाङका तीन नेता तथा कार्यकर्ताको सम्झनामा स्मृति गेट निर्माण सुरु गरिएको छ ।
तत्कालिन नेकपा माओवादी कार्यकर्ताको आक्रमणबाट ज्यान गुमाएका तत्कालीन नेपाली कांग्रेस खोटाङका जिल्ला सचिव कालुमान गुरुङ, नेर्पा उपसभापति टंकनाथ आचार्य र नेपाल शिक्षक संघका सदस्य दयराम ढकालको सम्झनामा स्मृति गेट निर्माण गरिने भएको हो । कांग्रेसले सदरमुकाम दिक्तेलको अस्पताल चौंकमा स्मृति गेट निर्माण सुरु गरेको हो ।
सोमबार बिहान दिक्तेलका ९० वर्षीय प्रजातन्त्र सेनानी गंगाबहादुर सैंजूले शिलान्यास गरे हुन । शहरी विकासको १ लाख ५० हजारमा निर्माण सुरु गरिएको हो । शहिद स्मृति गेट पार्टी तथा शुभेच्छुकको सहयोगमा पूरा गरिने कांग्रेस क्षेत्र नम्बर २ का सभापति तीर्थराज भट्टराईले बताए ।
गुरुङलाई पार्टी कार्यालयको प्रांगणमा २०५७ साल फागुन–१३ गते गोली हानिएको थियो । गोली लागेको केही समयपछि नै गुरुङको मृत्यु भएको थियो । नेर्पा–६ का आचार्यलाई दिक्तेलको उजेली खोलामा २०६१ साल जेठ–२३ गते गोली हानेर हत्या गरिएको थियो । शिक्षक संघमा आवद्ध ढकालको २०५९ साल पुस–१० गते हत्या गरिएको थियो ।
Gate Udhghatan