ताजा खबर News

दुर्लभ सालक सामुदायिक वनलाई हस्तान्तरण

दुर्लभ सालक सामुदायिक वनलाई हस्तान्तरण
  असार – २० । भक्तपुरका विभिन्न स्थानमा फेला पर्दै आएको दुर्लभ प्राणी सालक भक्तपुरको गुहेश्वरी स्थित सशस्त्र प्रहरी बल गण दुवाकोटको मेनगेट अगाडि भेटिएको छ । उक्त सालक जिल्ला वन कार्यालय भक्तपुरले आफ्नो नियन्त्रण लिएको छ । Salakनियन्त्रणमा लिएको सालक बिगत लामो समयदेखि सालक संरक्षणको कार्य गर्दै आएको भक्तपुरको तोैडोलछाप सामुदायिक वन उपभोक्ता समूहको जंगलमा छाडिएको उपभोक्ता समूहका कोषाध्यक्ष सजिव थापाले जानकारी दिए । फेला परेको सालकको गोलाई ७१.५ से.मि. र तौल ३.९९ के.जि. रहेको थापाले जानकारी उनले जानकारी दिए । उक्त उपभोक्ताको बनमा हालसम्म विभिन्न स्थानमा फेला परेका ७ वटा सालकको बास स्थान समेत बनेको छ ।

विशेष