ताजा खबर News

ओलीको विकल्प खोजे मुलुकमा दुर्घटनाः सुजाता

ओलीको विकल्प खोजे मुलुकमा दुर्घटनाः सुजाता
Sujata Koirala असार – २० । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन, ‘तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन । त्यो आफ्नै लागि घातक हुन्छ ।’ उनले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिईन । कोइरालाले भनिन, ‘मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन र उनको लागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैन र सफल पनि हुँदैनन ।’  सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राखिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले काग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले ब्यक्त गरिन ।  कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराईन ।

reports club Sujata Koirala

विशेष