सरकार हेरफेरको बहशलाई तिरीमिरी पार्ने प्रचण्डको यो भाषण (भिडियो सहित)
असार - २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकार अनिवार्य भएको बताएका छन् ।
काभ्रेको उग्रचण्डी नालामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जसको नेतृत्वमा सरकार बन्छ उसैको नेतृत्वमा सहमतिय सरकार बनाउनुपर्नेमा जोड दिएका छन् । उनले राष्ट्रिय सहमतिको सरकार हल्काफुल्का हिसावको बहश नभएको स्पष्ट गरे । उनले माओवादी कांग्रेससंग मिलेर एमालेलाई देखाउने वा एमालेसंग मिलेर कांग्रेसलाई पाखा लगाउने खेलमा नलाग्ने उनले बताए ।
उनले सहमतिका लागि तयार नभएमा जोसंग सहमति हुन्छ, उसैसंग अगाडि बढ्नुको विकल्प नभएको जनाए । उनले राष्ट्रिय स्वाधिनतासंगै देशभित्रको आन्तरिक एकतामा पनि ध्यान दिनुपर्ने बताए ।