News

टौखेल घटना छानबिन समिति गठन, प्लटिङकर्ता अझै फरार

टौखेल घटना छानबिन समिति गठन, प्लटिङकर्ता अझै फरार

 असार - २० । गृह मन्त्रालयले ललितपुरको टौखेलस्थित पुष्पाञ्जली माबिका दुइ बिद्यार्थीको मृत्यु र २४ जना घाइते भएको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयले सह–सचिव कृष्णबहादुर रावतको संयोजकत्वमा समिति गठन गरेको हो । समितिलाई ७ दिन भित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ । पुष्पाञ्जली विद्यालयको पर्खाल भत्किएर विद्यार्थीको ज्यान गएसंगै जग्गा प्लटिङकर्ता कर्मा घिसिङ गायब भए । पर्खाल भत्किदा काठमाडौंमा रहेका उनले त्यसलगत्तै फोन अफ गरेका थिए । गत शुक्रवार प्लटिङ गरिएको जग्गाको पर्खाल भत्किएर दुई बिद्यार्थी कृपा राई र अन्जना पुन मगरको निधन भएको थियो । दुर्घटनामा अन्य २४ बिद्यार्थी घाइते भएका थिए ।

र याे पनि 

प्लटिङकर्ता कर्मा अझैं बेपत्ता, पीडितले नै तिरे अस्पतालको खर्च, साउन २ सम्म विद्यालय बन्द

pushpanjali school Shakti basnet

विशेष