ताजा खबर News

छत्तीस क्विन्टल सुपारी बरामद

छत्तीस क्विन्टल सुपारी बरामद

असार - २० । नेपाल प्रहरीले भारत लैजाँदै गरेको ३६ क्विन्टल अवैध सुपारी कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट नियन्त्रणमा लिएको छ ।

Supadi-Taskari-2आइतबार मध्यराति बेलौरी नगरपालिका–२ मा भारत लग्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले सुपारी नियन्त्रणमा लिएको हो ।

जिप्रका कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले सुपारी नियन्त्रणमा लिएको पुष्टि गरे । उनले बेलौरी प्रहरीले सुपारी नियन्त्रणमा लिएको बताए । थप सहयोगका लागि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय झलारी र त्रिभुवन बस्तीको टोलीसमेत बेलौरी पुगेको जानकारी दिए।

सो सुपारी लामो समयदेखि बेलौरीमा बसेर व्यापार गर्दै आएका भारतीय मूलका व्यापारी जगजीत सिंह (भाटिया)को रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सुपारी पक्राउ परेपछि भाटिया फरार रहेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता खनालले सुपारी जिल्ला प्रहरी कार्यालय पुर्याएपछि कञ्चनपुर भन्सार कार्यालयलाई बुझाउने बताए । रासस

Kanchanpur Supadi

विशेष