जोखिम बढेकोले सम्पूर्ण तयारी गर्न सरकारलाई निर्देशन

असार - २० । व्यवस्थापिका संसद् अन्तर्गतको राज्य व्यवस्था समितिले मनसुन सुरु भएसंगै बाढी पहिरोको जोखिम बढेकोले त्यसको सम्पूर्ण तयारी गर्न सरकारलाई निर्देशन दिएको छ ।
बैठकले उपप्रधान एवं रक्षा मन्त्री भीमरावल, गृहमन्त्री शक्ति बस्नेत, गृह र रक्षा मन्त्रालयका सचिव, प्रधान सेनापति, सशस्त्र र नेपाल प्रहरीका प्रमुख, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिलाई बोलाएर छलफल गर्दै निर्देशन दिएको हा ।
बैठकले बाढी तथा पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जनचेतना अपनाउन, सुरक्षा निकायलाई चाहिने आवश्यक बजेट व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सरोकारवाला सबै निकायबीच समन्वय गर्न एउटा समिति बनाएर काम गर्न पनि समितिले भनेको छ ।
छलफलका क्रममा रक्षामन्त्री रावल र गृहमन्त्री बस्नेतले प्रकृतिक प्रकोप अघिको पूर्व तयारीमा सरकारले कुनै कसर बाँकी नराखेको बताए ।
बैठकमा सांसदहरुले बाढी पहिरो गैसकेपछि मात्र दौडादौड गर्नुभन्दा पहिले नै त्यसप्रति सचेत बन्न र मौसमको पूर्वानुमान गरी तयारी थाल्न सुझाव दिएका थिए ।
samsad baithak
